२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमराका संस्थागत विद्यालयमा स्क्र्याबल पद्धति

२०७७ चैत्र ३१, मंगलबार मा प्रकाशित ( साल अघि) ९२३ पाठक संख्या

सिमरा ; विद्यार्थीको भाषिक, शब्द तथा गणितीय ज्ञानको अभिवृद्धि गर्न सिमराका संस्थागत विद्यालयमा स्क्र्याबल पद्धतिद्वारा सिकाइ हुन थालेको छ । विद्यार्थी तथा बालबालिकाहरूलाई पढाइ र लेखाइको माध्यमले मात्र शिक्षा आर्जन गराउन सकिन्छ भन्ने परम्परागत मान्यता तोड्दै स्क््रयाबल अथवा खेलको माध्यमबाट पनि सहज रूपमा शिक्षा दिलाउन सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्न सिमरामा स्क््रयाबल समूह सक्रीय रहेको छ ।
विद्यार्थीको भाषिक ज्ञान, शब्द ज्ञान तथा गणितीय ज्ञानको अभिवृद्धि गर्न खेलमा आधारित भै शिक्षण गर्ने पद्धतिलाई स्क््रयाबल भनिने स्क््रयाबल समूह बाराका संयोजक भोजराज सुबेदी बताउनुभयो ।विभिन्न रोचक तथा ज्ञानबर्धक खेलमा आधारित सिकाइ पद्धतिले विद्यार्थीको सिकाइमा परिवर्तन ल्याउने र सिकाइ दीगो हुने संयोजक सुबेदीको ठम्याइ छ । ससाना बालबालिकाहरूलाई मन्टेश्वरी पद्धतिको माध्यमबाट सिकाइ सुरु गरिएको छ भने ठूला कक्षाका विद्यार्थीलाई स्क्र्याबल पद्धतिद्धारा सजिलै ज्ञान हासिल गर्न सहज हुने सुबेदीले बताउनुभयो ।
हाल जितपुर सिमरा उपमहानगरपालिका भित्रका १६ वटा संस्थागत विद्यालयका ४० जना शिक्षकहरू स्क््रयाबल पद्धतिमा सहभागि रहेका छन । विश्वका अन्य देशहरूमा विद्यार्थीहरू यस पद्धतिद्वारा ज्ञान आर्जन गरिरहेका छन् । नेपालमा पनि नेपालमा भने केहि बर्ष यतादेखि यस पद्धतिप्रति शिक्षक विद्यार्थीको रुचि बढ्दै जान थालेको छ । पहिलो पटक पोखरामा सुरु गरिएको यस किसिमको सिकाइ पद्धति अहिले नेपालका ४० जिल्लाहरूमा बिस्तारित भैसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु