२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

कोरोना महामारीसँगै भित्रिएको अराजनीतिक संस्कार

२०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ( साल अघि) ८१८ पाठक संख्या

पूजा फुँयाल

हामी विकासोन्मुख तथा बेथितिको राज्य संयन्त्रसँगै बाँचिरहेका राष्ट्रका नागरिक हौँ । हामी हाम्रा हरेक कुराहरूमा अरूको अनुहार हेरेर हात थाप्दै गुहार्दै हिँड्नु पर्ने अवस्था छ। हाम्रो देशका दक्ष जनशक्ति प्रयोग गरेर अन्य राष्ट्रहरूले चमत्कारिक र अनौठा कामहरू गरीसक्दा हामीले विभन्नि आपत्वपिद् र हर समस्याहरूमा अरूसँग आश्रित हुनु पर्दछ । अहलिे यस्तो कोरोनाको महामारीसँग जुध्नको लागि कुनै तयारी देखिँदैन राज्यस्तरबाट कुनै रिसर्च छैन संभावना अध्ययन छैन । जोखिमको मूल्याङ्कन छैन । न्यूनीकरणको प्रयास अनेकौँ देखिए सुनिए पनि उपलब्धिमूलक छैन । हर समस्यालाई बहाना बनाउँदै पैसा कमाउने खेलमा तल्लिन सम्बन्धित निकायका पदीय जिम्मेवारी बोकेका व्यक्तिहरू अब अध्ययन अनुसन्धानमा समय किन खर्च गर्नु , हैनत ?

अरूले बनाएको सामान खरिद गर्ने, बिना झन्झट कमिसन आउछ भने आखिर यो र यस्तै सँस्कारले न त पुराना पुस्ताहरू परिवर्तनको जिम्मेवार भए, न अब यही तरिकाले नयाँ पुस्ता बन्नेछौँ । आखिर यो सबै कुराको जिम्मा कस्ले लनिे ? यति बर्ष जेल खाए, यो आन्दोलन गरे, हात भाँचियो खुट्टा भाँचियो भन्ने बहानामा राज्यलाई लुट्ने नेतृत्व चएन भएको हैन । देश र जनताको लागि भलो हुने काम सहित परिवर्तनको आशा राखेर नेतृत्व चयन भएको हो ।

आज विश्वजगतले हर कुराको अनुसन्धान र वैज्ञानिक पदध्ति अपनाउँदै गर्दा हामी हाम्रा जनशक्ति बाहिर पठाउँदैछौ । आजकै दिनमा पनि बाहरि रहेका दक्ष जनशक्ति नेपाल आउनको लागि सुरक्षित र क्षमता अनुसारको काम र सुविधा दिने हो भने नेपाली तन र मनले नै नेपाल बनाउने छन् । यसको लागि राज्यले किन कहिल्यै सोचेन ?
जहिले जातीय भेदभाव ,भष्टाचार ,अनियमितता, पदको दुरूपयोग ,चोरी, हत्या,बलत्कार घटनाका समाचारहरू सुन्दै दिनहरू बिताउनु पर्दैछ । यही तरिकाले हेरेर व्यक्तिको सोचमा के प्रभाव पर्ला ?आखिर हामीले कहिलेबाट परिवर्तनका , आविस्कारका वैज्ञानिक अनुसन्धानका आधुनिकीकरण अनि सकारात्मक सोचका कुराहरू सुन्न पाऔँला । जुन कुराले हरेक व्यक्तिमा आत्मबल बढोस् । त्यसैले सम्बन्धित निकाय र मेरा अग्रजहरूलाई मेरो अनुरोध ः हामीलाई सकारात्मक सोचको विकास गराईदनिु होस् ताकी हामीले कल्पना गरेको राज्य हामी सबै मिलेर नर्मिाण गर्न सकौँ ।

हाम्रो देश परिवर्तनको जिम्मा हर कोही नागरिक र पार्टीहरूलाई बराबर छ त्यसैले देश विकासको लागि कुनै पार्टी नभनौँ, कुनै व्यक्ति नभनौ, पहिला देश बनाऊँ अनि अरू सोचौँला । व्यक्ति व्यक्ति सचेत र परिवर्तन नभएसम्म देश परविर्तन हुँदैन१ । यस्तो अवस्थामा पन िहाम्रो देश हामीले आशा राखेका हामी सबैका अभिभावक अग्रजहरू राजनीति खिँचातानी र पदीय मोहसँगै भ्रष्टाचार मै लिप्त भएको देखिन्छ।
पद, पावर,पैसासमेत खर्च गरेर संवेदनशील अवस्थामा पासको दुरुपयोग, स्वास्थ्य सामग्री अभाव, एम्बुलेन्सको प्रयोग सही तरिकाले नहुनु। मानवीय समस्यालाई नै अवसर बनाएर फाईदा लिनु हामी सबैको लागि निराशाको विषय हो। सरकारको फजुल खर्च र तडकभडक खर्च नियन्त्रण गर्ने बेला यहि नै हो। कुहिएको एकबोरा चामलमा राजनीति गर्नेहरूलाई के थाहा दिनदिनै ज्याला मजदुरी गरेर छाकटार्नु को पीडा१
समस्यासँग लड्नु नै जित हो तर हरेक कुराको असर हामीले पूर्व अनुमान र मूल्यांकन गर्न जरुरी छ।

मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोणमा कहिले फरक पाउने हामीले ? हाम्रो समाज कतातिर जाँदैछ ? आत्मबल बढाएर आत्मविश्वास दिलाएर नागरिकलाई सचेत बनाएर समुदायलाई जोखिममुक्त गराएर कोरोनासँग लड्न सक्ने शक्ति प्रदान गर्नुको सट्टा मान्छेहरूबाट नै अपमानित, तिरस्कृत र घृणित बनाउँदै बिरामीहरूलाई झन् बिरामी बनाइँदै छ१
कोरोना लाग्दैमा केही गर्नुहुन्न भन्ने मानसिकता हटाएर यो परिस्थितिमा साथ( सहयोग गर्दै सेनीटाइजर र माक्सको प्रयोग गरौँ । अनावश्यक कुराहरूको प्रचार गर्दै नहिँडौँ । घरमा बसौँ, सुरक्षित रहौँ ।

सोलुखुम्बु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु