२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

पत्रकारहरूलाई स्वास्थ्य सामग्री वितरण

२०७८ जेष्ठ १९, बुधबार मा प्रकाशित ( साल अघि) ११२१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,१९ जेठः नेपाल पत्रकार महासङ्घ बाराले महासङ्घमा आवद्ध पत्रकारहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना सङ्क्रमणका वीच जोखिम मोलेर कार्यस्थलमा खटिएका सञ्चारकर्मीका सुरक्षाका लागि प्रदेश सरकारले महासङ्घलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री शाखामा आवद्ध भएका १ सय २९ पत्रकारहरूका लागि वितरण गरिएको हो । स्वास्थ्य सामग्रीमा १० थान एन ९५ मास्क, २ थान फेस शिल्ड, ५० थान सर्जीकल मास्क, स्यानीटाइजर र पञ्जा रहेको छ । नेपाल पत्रकार महासङ्घ बारा शाखाका अध्यक्ष रेशम तिवारी र पूर्व अध्यक्ष कमलकुमार उपाध्यायले सञ्चारकर्मीका हात हातमा उक्त सामग्री पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु