२०८१ आश्विन २७, आईतबार
नयाँ
पछिला अपडेट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघ बाराको जोडदार माग

२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ( साल अघि) १४४९ पाठक संख्या

राहुल गुप्ता, बारा
जेठ २४– नेपाल विद्यार्थी संघ बाराले कोभिड १९ को महामारीको बेला सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन माग गर्दै ज्ञापनपत्र समेत बुझाइएको छ। नेविसंघ जितपुरसिमरा उपमहानगरपालिका समितिका अध्यक्ष लक्ष्मीकान्त पौडेलको संयोजकत्वमा नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगञ्जलाई सो ज्ञापनपत्र बुझाइएको हो ।

”कोभिड १९ ले विश्वजगत साथै नेपालभर नै प्रत्यक्ष असर परिरहेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य बढाउनु सरासर गलत नर्णिय हो। सो नर्णिय तत्काल खारेज गरी पेट्रोलियम पदार्थका मूल्य घटाई जनतालाई राहतको सास फेर्न दिनु हुन र जनतालाई थप आतंकित नबनाउन नेपाल विद्यार्थी संघ जितपुरसिमरा उपमहानगरपालिका समिति जोडदार माग गर्दछ। ” ज्ञापनपत्रमा भनिएको छ। ज्ञापनपत्रमा प्रधानमन्त्रीको कार्यलय, सिंह दरबार काठमाडौंलाई समेत बोधार्थ दिइएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेविसंघ जितपुरसमिरा उपमहानगरपालिका अध्यक्ष लक्ष्मीकान्त पौडेल, उपाध्यक्ष रामबाबु तामाङ्ग, सचिव धिरज कार्की, कोषाध्यक्ष रीता रिजाल लगायत विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु