२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

खेलकुद सामग्री र भवन निर्माणको माग गर्दै मन्त्री मियाँलाई ज्ञापनपत्र

२०७८ जेष्ठ २९, शनिबार मा प्रकाशित ( साल अघि) ८०७ पाठक संख्या

सिमरा, २९ जेठः विभिन्न सामाजिक तथा खेलकुदका क्षेत्रमा कार्य गर्दै आइरहेको सिमराको सयपत्री युवा क्लवका पदाधिकारीहरूले संघीय सरकारका नवनियुक्त युवा तथा खेलकुद मन्त्री एकवाल मियाँलाई स्वागत गर्दै ज्ञापन पत्र बुझाएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ सिमरा नरवस्तिमा रहेको क्लवका पदाधिकारीहरूले नवनियुक्त युवा तथा खेलकुदमन्त्री मियाँलाई खेलकुद सामाग्रीको उपलब्धता साथै जीर्णभवन निर्माणका लागि सहयोग गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र नवीन बरालले वाचन गरेर सुनाउनुभएको थियो ।कार्यक्रममा क्लवका पदाधिकारीहरू केशवराज त्रिपाठी, विष्णु लामिछाने, अर्जुन श्रेष्ठ, गोपाल श्रेष्ठ, शरद पराजुली, मनिष न्यौपाने, सुमन ढकाल, लक्ष्मण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु