२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

महामारीका कारण जीविकोपार्जनमा समस्या भएका अमलेखगञ्जका स्थानीयलाई नेवि सँघको राहत

२०७८ अषाढ ८, मंगलबार मा प्रकाशित ( साल अघि) ४२६ पाठक संख्या

अमलेखगञ्ज, ८ असारः नेपाल विद्यार्थी संघ जितपुर सिमरा उपमहानगर समितिले सोमबार एक कार्यक्रमका वीच अमलेखगञ्जमा राहतस्वरूप खाद्य सामग्री वितरण गरेको छ ।कोरोना महामारीबाट प्रभावित व्यक्ति तथा विपन्न जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ अमलेखगञ्जका कोरोना महामारीबाट प्रभावित व्यक्ति तथा विपन्न स्थानीयहरूलाई सो राहत वितरण गरिएको हो । महामारीका कारण जीविकोपार्जनमा समस्या भएका स्थानीयलाई ३०/३० किलोग्राम चामल, तेल, दाल र नुन वितरण गरिएको विद्यार्थी नेता सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी सँघका नगर सभापति लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य मधु शाही ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो । सो राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका.का वडा नं. २१ का सभापति राजकुमार मान्नधर , २२ का सभापति केदार विष्ट, शेखर काजी रुम्बा, ने.वि.संघ की नि.वर्तमान केन्द्रीय सदस्य मेघा शाही, प्रदेश नं. २ ने.वि. संघकी संयोजक रीता रिजाल, कृष्ण पौडेल, सागर तिवारी, जीवन राई, लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण ने.वि.संघ नगर समितिका सचिव धिरज कार्कीले गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु