२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सञ्जीवनीलाई सोफा लगायतका सामग्री प्रदान

२०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ( साल अघि) ७०६ पाठक संख्या

जीतपुर , १० असारः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७मा रहेको सञ्जीवनी बाटिका वृद्धाआश्रमका लागि आज एक कार्यक्रमका वीच विभिन्न सामग्री वितरण गरिएको छ । प्रदेश सभा सदस्य शोभा लामाको संसदीय विकास कोषको रकमबाट नारी शक्ति विकास मञ्चले वृद्धाश्रमलाई कर्नर सोफा, इन्भटर, व्याट्री लगायतका विभिन्न सामग्री वितरण गरेको हो ।

FB_IMG_1624525419513

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्रि फर्मुल्ला मन्सुरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संविधान सभा सदस्य शोभाकार पराजुली, प्रदेश सभा सदस्य शोभा लामा, नेपाल महिला सँघकी केन्द्रिय सदस्य नारायाणी रायमाझी, तराई मधेस विभागका सदस्य शिवभोला ठाकुर महिला नेतृ राधादेवी साह, जीतपुर सिमरा उपमहाानरपालिका कार्यपालिका सदस्य एवं वडा नं ७का वडाध्यक्ष रामबाबु गुप्ता, नेपाल विद्यार्थी सँघका निवर्तमान केन्द्रीय सदस्य मेघा शाही, नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहाल, दुर्गा रिजाल, ज्ञानी पासवान, सुन्तली अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु