२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नीजगढ नगरसभामा न्यूनतम खानेपानी शुल्कमा छुटसहित आर्थिक वर्ष २०७८/७९ को एक अर्व एक करोड ९४ लाख ७९ हजार ८ सयको नीति तथा कार्यक्रम पेस

२०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

नीजगढ, १० असारः नीजगढ नगरपालिकाको नगरसभामा न्यूनतम खानेपानी शुल्कमा छुटसहित आर्थिक वर्ष २०७८/७९ को एक अर्व एक करोड ९४ लाख ७९ हजार ८ सयको नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ । जनतालाई स्वच्छ खानेपानी प्रदान गर्दै १० हजार लिटरसम्म खानेपानी उपयोग गरेबापतको न्युनतम शुल्कमा आगामी आर्थिक वर्षदेखी छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ । निजगढ नगरपालिका नगर सभा आठौं अधिवेशनको पहिलो बैठकमा बजेट योजना तर्जुमा समितिकी संयोजक उपमेयर लिलादेवी लामिछाने खनालले पूर्वाधार विकासलाई केन्द्रित गरेर बजेट प्रस्ताव गर्नुभएको हो ।

Unnamed

नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ को तुलनामा १३ करोड बढाएर बजेट ल्याएको हो । नगरपालिकाले बजेटको सबैभन्दा ठूलो हिस्सा ३७ करोड ४४ लाख ७२ हजार पूर्वाधार विकासका लागि विनियोजन गरेको छ । त्यस्तै सामाजिक विकासका लागि २९ करोड ५१ लाख ५३ हजार ८ सय,आर्थिक विकासमा १४ करोड ७५ लाख ८० हजार,कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १४ करोड ७२ लाख ५० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रकोलागी ५ करोड ५० लाख २४ हजार विनियोजन गरिएकोछ ।
प्रस्तुत गरीएको नीति तथा कार्यक्रममा नगरपालिकाको आर्थिक विकास तथा गरीबी निवारण, उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत, साधन र सीपको अधिकतम उपयोग हुने, लैंगिक समानता र सामाजीक समावेशीकरण अभिवृद्धि गर्ने तथा कोरोना नियन्त्रण र उपचारमा योगदान पुर्याउने खालका नीति तथा कार्यक्रम बनाईएको मेयर सुरेश कुमार खनालले बताउनुभयो

Unnamed (1)

 

नगरपालिका क्षेत्र भित्रका स्वास्थ्य संस्थाहरूको सुदृढीकरण गरी गुणस्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा प्रदान, औद्योगिक क्षेत्रको विकास, भौतिक पूर्वाधारको विकास तथा कृषि यान्त्रीकिकरणको व्यापक प्रयोग गर्दै व्यवसायिक कृषि खेतीलाई प्राथमिकता दिने नीति तथा कार्यक्रमले लक्ष्य बोकेको छ ।

मेयर सुरेश कुमार खनालको अध्यक्षतामा बिहिबार आयोजित आठौ नगरसभा अधिवेशनले विनियोजन विधेक र अर्थ विधेक पारित गरेको छ । सभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई सभा सदस्य रामजीप्रसाद बजगाई, टेकबहादुर लामा, केशव प्रसाद ढोडारी, ज्ञानबहादुर गोलेले समर्थनसहित शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै सभालाई सम्पूर्ण नगर सभा सदस्यकोतर्फबाट थपप्रसाद गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा सभाका सचिव सुमन कुमार कार्की, वडा अध्यक्ष, वडा सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Unnamed (2)

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु