२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

स्थानीय निकायमा व्यापक अनियमितता भएको भन्दै नगरका पाँच राजनीतिक गठबन्धनद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी

२०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ( साल अघि) ११७५ पाठक संख्या

 

सिमरा, १५ असारः स्थानीय निकायको काम कारवाही पारदर्शी नभएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाका पाँच राजनीतिक दलको गठबन्धनले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । नगरभित्रको आन्तरिक श्रोतको व्यवस्थापन हुन नसक्नु, गतवर्षको कोभिड अस्पतालको हिसाव सार्वजनिक नगर्नु, औषधी र उपकरणमा व्यापक अनियमितता हुनु, प्रदेश र आन्तरिक वजेटबाट सञ्चालित सीपमूलक तालिममा व्यापक अनियमितता  भएका खबर छापिनु र समयमा नगरसभा नभएकोले अविलब्ब नगरसभ गर्न माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् । यसरी विज्ञप्ति जारी गर्नेहरूमा नेपाली काँग्रेसका नगर सभापति श्यामबाबु गुप्ता, नेकपा एमालेका नगर अध्यक्ष कृष्ण खनाल, नेकपा माओवादीका नगर अध्यक्ष रामशरण बर्तौला, जनता समाजपार्टीका प्रतिनिधि सोहन शर्मा, राष्टिय जनमोर्चाका प्रतिनिधि कर्ण थापा रहनुभएको छ ।

हेर्नुहोस संयुक्त प्रेस विज्ञप्ति

 

Received_571652277497444

Received_200750775276646

Received_452603842600074

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु