२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार पत्रकार आचार्यलाई

२०७८ अषाढ १९, शनिबार मा प्रकाशित ( साल अघि) ७५१ पाठक संख्या

सिमरा, १९ असारः नेपाल खेलकुद पत्रकार मञ्च बाराले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार २०७७’ पत्रकार अविनाश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।शनिवार बाराको सिमरामा नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँलेको अधयक्षतामा सम्पन्न वैठकले २५ हजार राशीको सो पुरस्कार सिआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको हो ।

1625309100469

आगामी भदौ २७ गते मञ्चको स्थापना दिवसका अवसरमा एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने अध्यक्ष गाउँलेले बताउनुभयो । जिल्लामा रहेका कृयाशील पत्रकारहरुलाई खेलकुद पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले स्थापना गरेको सो पुरस्कार आगामी दिनमा प्रत्येक वर्ष प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासँघ बाराका अध्यक्ष रेशम तिवारी, पूर्व अध्यक्ष एवं सल्लाहकाार गुरुप्रसाद गौतम लगायत मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पुरस्कार घोषणा कार्यक्रमको सञ्चालन मञ्चका सचिव बसन्त खतिवडाले गर्नभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु