२०८२ आश्विन २८, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरादेखि भरत तालसम्म प्याकेजमा

२०७८ अषाढ २५, शुक्रबार मा प्रकाशित ( साल अघि) १२६६ पाठक संख्या

सिमरा, २५ असारः छोटो दुरीको भ्रमणका लागि सिमरादेखि सर्लाहीको भरत ताल सुन्दर पर्यटकीय गन्तव्य बन्न थालेको छ । बाराको सिमरामा रहेको अप्सरा टुर्स एण्ड ट्राभल्सले भ्रमण र पर्यटनको आनन्द लिनेका लागि सस्तो प्याकेजको घोषणा समेत गरेको छ ।

FB_IMG_1625819646603

होटल तथा पर्यटन व्यवसायी मोहन शर्माका अनुसार ट्राभल्सले सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण गरिएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत ताल घुम्नका लागि प्रतिव्यक्ति १५ सयका दरले सस्तो प्याकेज ल्याएको हो बताउनुभयो । सिमारादेखि भरत ताल घुम्न प्रति व्यक्ति १५ सय तोकिएको प्याकेजमा यातायात, बिहानी खाजा, बिहानी खाना (बाग्मतीको माच्छा र ढिडो सेट), भरत तालमा डुङ्गा सयर समेटिएको छ ।

ट्राभल्सले १० जनाको ग्रुपमा आउनेको लागि १ जनालाई फ्रि गरेको छ । साथै ट्राभल्सले श्रावण महिनामा बागमतीको नुनथर र सहजनाथको प्याकेज समेत थप हुने जनाएको छ ।
ट्राभल्सले माउन्टेन फ्लाइट, जंगल सफारी, ट्रेकिङ, होटल बुकिङको सुविधा उपलब्ध गराउँदै आईरहेको ट्राभल्सका सञ्चालक एवं होटल तथा पर्यटन व्यवसायी मोहन शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु