२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमरालाई प्लाष्टिक झोला मुक्त बनाइने

२०७८ अषाढ २५, शुक्रबार मा प्रकाशित ( साल अघि) ८७७ पाठक संख्या

सिमरा, २५ः हाम्रो चाहना प्लाष्टिक मुक्त जीतपुर सिमरा उपमहानगरपालिका भन्ने मूल नाराका साथ उपमहानगरपालिकाले कपडाको झोला प्रवर्द्धन कार्यक्रम अघि सारेको छ ।प्लास्टिकका झोला वातावरणमैत्री नरहेको र यसबाट बेफाइदा बढी हुने भएकाले कपडाको झोला प्रयोगमा ल्याउन उपमहानगरले अभियान सुरु गरेको हो ।

Received_866032634012957

उपमहानगरले पहिलो चरण अन्तर्गत विभिन्न पाँच वटा वडामा कपडाको झोला प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिसकेको छ । यसरी कार्यक्रम सम्पन्न भएका वडाहरुमा ९,११,१३, २१, २२ रहेका छन् ।वडा स्तरबाट अभियान सुरु गर्दा प्रभावकारी हुने देखिएकाले उपमहानगरले पहिलो चरणमा पाँचवटा वडाका स्थानीय व्यापारी र उपभोत्तालाई कपडाको झोला प्रयोगको फाइदा र प्लास्टिकजन्य झोलाबाट वातावरणमा पर्ने असरका विषयमा जानकारी गराइ  कपडाको झोला समेत वितरण गरेको थियो ।

Received_2847697115543012

उपमहानगरपालिकाका वातावरण शाखाका इन्जिनियर पुष्पा सिंहले एकै पटक सबै वडामा कार्यक्रम सम्भव नभएकाले केही वडाबाट यो अभियानलाई अघि बढाएको जानकारी दिनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु