२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न

२०७८ अषाढ २६, शनिबार मा प्रकाशित ( साल अघि) ५५६ पाठक संख्या

बारा, २६ असारः डा. राजेन्द्र विमल प्रतिष्ठान एवं अनेसास नेपाल प्रदेश दुईको संयुक्त आयोजनामा भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ ।
डा. राजेन्द्र विमल प्रतिष्ठानका अध्यक्ष प्रल्हाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कुमार दाहाल कुसुमले भानुझक्तद्वारा रचित सिर्जना वाचन गरेर कार्यत्रमको मंगलाचरण गर्नुभएको थियो । अनेसास प्रदेश २ का अध्यक्ष तोयराज घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रमा प्राध्यापक कोशराज न्यौपानेले भानुभक्त आचार्यको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विजयदत्त मणि, सीता अधिकारी, डा. नारायण चालिसे, अम्बिका कार्की, टंकध्वज थापा, डा. राजेन्द्र विमल, मिना देवकोटा, गीता मैनाली, सावित्री गिरी, निकेश गिरी, राकेश कुमार झा, आभाष कर्ण, एकलाल श्रेष्ठ, देवराज तिवारी, बाबुराम श्रेष्ठ निला घिमिरेलगायतका २४ जना कवि तथा साहित्यकारहरूको सहभागिता रहेको थियो । अनलाइन प्रविधिमार्फत गरिएको कार्यक्रमको प्रविधि संयोजन केशवप्रसाद पौडेलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु