२०८१ मंसिर ६, बिहिबार
नयाँ
पछिला अपडेट

इन्सले मनायो भानु जयन्ती विशेष कार्यक्रम, भानुभक्त आचार्य साँस्कृतिक नायकः कुलपति प्रा. डा. उप्रेती

२०७८ अषाढ २६, शनिबार मा प्रकाशित ( साल अघि) ३०२७ पाठक संख्या

बारा, २६ असारः आदिकवि भानुभक्त आचार्य साँस्कृतिक नायक भएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा.गंगाप्रसाद उप्रेतीले बताउनुभएको छ । २सय ८ औं भानु जयन्तीको उपलक्ष्यमा अन्तराष्ट्रिय नेपाली समाजको भाषा साहित्य समितिद्वारा आयोजित भानुझक्त जयन्ती विशेष कार्यत्रममा उद्घाटन मन्तव्य राख्दै कुलपति उप्रेतीले सो कुरा बताउनु भएको हो । उहाँले विविध भाषा बोल्ने नेपालीलाई भावनात्मक एकतामा जोड्ने काम भानुभक्तले गरेकोमा जोड दिनुभयो ।

1625921156171

त्यसैगरी कार्यक्रमका प्रमुख वक्ता एवं भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यले भानुभक्तका जीवनचर्या र भानुभक्तका कृतिले समाजमा पारेको प्रभावका बारेमा चर्चा गर्नु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. देवी नेपाल, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तुलसी भट्टराई, ज्ञानु अधिकारी, सह प्रा.प्रभा आचार्य भट्टराइर्, उप प्रा. ज्ञानु अधिकारीले भानुभक्तको कृतिमाथि चर्चा गर्नुभएको थियो ।

1625921056566

कार्यक्रममा गायिका तथा संगीतकार लोचन भट्टराईले भानुभक्तद्वारा रचित रामायणका केही अंश गाउनुभएको थियो । कार्यक्रममा कविता राई, प्रकाश सिलवाल लगायतले कविता वाचन गर्नुभएको थियो । महिला समितिका अध्यक्ष डा. रेनुका सोलु, राष्ट्रिय अध्यक्ष चन्द्रकुमार फुँयालले कार्यक्रम सफलताको शुभकाामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मनमैजु माविका प्र अ रवीना महर्जनले भानुभक्तका बारेको छोटो वृतचित्र प्रस्तुत गर्नुभएको थियो ।
भाषा साहित्य समितिका संयोजक डा. जानुका नेपाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष नारायणदत्त पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रिय अध्यक्ष्। अर्जुन घिमिरेले पहिलो दिनको कार्यक्रमको समापन गर्नुभइको थियो भने कार्यक्रमको सञ्चालन चैतन्य अधिकारीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु