२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

संसद पुनर्स्थापना भएपछि बाराको सिमरालगायत विभिन्न भागमा दीप प्रज्जवलन

२०७८ अषाढ २८, सोमबार मा प्रकाशित ( साल अघि) ७१५ पाठक संख्या

सिमरा, २८ असारः सर्वोच्च अदालतले संसद पुनर्स्थापनाका लागि परमादेश जारी गरेपछि बाराको सिमरालगायत जिल्लाका विभिन्न भागमा दीप प्रज्जवलन गरिएको छ । नेपाली काँग्रेस लगायत विभिन्न पार्टीका कार्यकर्ताले न्यायलयमा न्याय मरेको रहेनछ भन्दै खुसीयालीमा दीप प्रज्वलन गरेका हुन् । बाराको सिमरामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन गरेका छन् ।

1626099460259

दीप प्रज्वलन कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका का नेपाली काँग्रेसका नगर सभापति श्यामबावु गुप्ताको संयोजनमा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका नेता सोहन शर्माले समेत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा नं २ का अध्यक्ष दीपक पण्डित, सचिव सन्तोष कार्की, छविलाल शर्मा, राधादेवी साह, विनोद मण्डल, ठगई ठाकुर, नवीन बराल, विजय बम्जन, विष्णु लामिछानेलगायतको उपस्थिति थियो ।

1626099506596

 

Received_194162405884495

यसैगरी वडा नं १ को पथलैया, वडा नं १५ को भारती चोकमा पनि दीप प्रज्वलन गरिएको छ ।

Received_178982040803704

प्रतिगमन विरोधी पाँच दलीय गठबन्धनद्वारा सर्वोच्च अदालतको संसद पुनर्स्थापनको स्वागतमा दीपावली गरेको र तत्काल परमादेश कार्यान्वयनको लागि जोडदार माग गरिएको नेकपा माओवादीका युवा नेता भरत भण्डारीले बताउनुभयो ।

Received_963046237826371

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु