२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारामा निषेधाज्ञा हट्यो

२०७८ अषाढ २८, सोमबार मा प्रकाशित ( साल अघि) ११४७ पाठक संख्या

बारा, २८ असारः बारामा निषेधाज्ञा पूर्णरूपले हटेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको विभिन्न मितिको निर्णय बमोजिम २०७८ बैशाख २३ गतेदेखि लागू गरिएको निषेधाज्ञाको आदेश सोमबारदेखि पूर्णरूपले फिर्ता भएको जनाइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा सबै प्रकारका पेसा, व्यवसाय, सवारी साधन पूर्ववत रूपमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशन दिइएको छ ।
तर शिक्षण संस्थाको हकमा भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , सीसीएमसीबाट पारित भएको शिक्षण संस्था सञ्चालन सम्बन्धी कार्यविधिअनुसार स्थानीय तहको समन्यवमा व्यवस्थापन गर्ने निर्णय भएको छ ।

1626103024604

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु