२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

लेखा शाखाको कमजोरीले जीतपुरसिमराका स्वास्थ्यकर्मी आन्दोलित, माग चाँडो सम्बोधन हुने मेयर पौडेलको भनाइ 

२०७८ श्रावण ६, बुधबार मा प्रकाशित ( साल अघि) ८५७ पाठक संख्या

 

बिदुर खडका

सिमरा, ६ साउनः बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका स्वास्थ्यकर्मीहरू कोभिडको समयमा खटेको भत्ता नदिएको भन्दै आन्दोलित भएका छन्  । मंगलबारदेखि कार्यस्थलमा कालोपट्टी बाँधेर बिरोध जनाउँदै आन्दोलित भएका हुन् ।

आगामी आइतबार अर्थात साउन १० गतेसंम्म आफूहरूको माग संम्बोधन नभए उपमहानगर क्षेत्रभित्रका स्वास्थ्य चौकीहरूमा आकस्मिक सेवाबाहेक अरू सेवा बन्द गरिने डाक्टर दीपक गिरीले बताउनुभयो ।

यस्तै नगर स्वास्थ्य प्रमुख रवि भास्कर नगरभित्रका अरू फाँटका कर्मचारीहरूले घरमै बसेर पनि सेवासुबिधा लिईरहेका छन तर  स्वास्थकर्मर्हीरूलाई कोरोनाजस्तो महामारीमा खटेर सेवा गरेबापतको जोखिम भत्तासमेत उपलब्ध नगराई नगरले बिभेद गरेको गुनासो गर्नुहुन्छ ।

डा.भाष्कर भन्नुहुन्छ, “नगरका अरू कर्मचारीहरूले गोप्यरूपमा सेवासुबिधा लिईसकेका छन ,कोभिडको समय अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरूलाई गुमराहमा राखेर नगरले अन्याय गरेको छ ।”

यता नगरप्रमुख कृष्ण पौडेलले स्वास्थ्य क्षेत्रको भत्ताको बिषयमा लेखा शाखाबाट कमी कमजोरी भएको स्वीकार्दै  स्वास्थकर्मीहरूको माग चाँडै नै सम्बोधन हुने बताउनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु