२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जगदम्बा स्टिलमा रोजगारीका लागि माग गर्न सिमरामा स्थानीयहरूको भेला

२०७८ श्रावण ११, सोमबार मा प्रकाशित ( साल अघि) ८८४ पाठक संख्या

सिमरा, ११ साउनः बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिलमा स्थानीयले रोजगारी पाउनुपर्ने तथा कम्पनीले श्रम ऐन कार्यान्वयन गर्नुपर्ने लगायतका माग गर्दै आज स्थानीयहरूको भेला सिमरामा सम्पन्न भएको छ ।

1627296419802

1627296393062

भेलाले वडा नं १ ,२, ३ र ४का वडाध्यक्ष्य तथा जनप्रतिनिधिहरूसँग समन्वय गरी सोको मूल समिति गठन वा अन्य कार्यक्रम अघि बढाउन सात सदस्यीय एउटा टोलीसमेत गठन गरेको छ । जसमा शालिग्राम अधिकारी, सन्तोस कार्की, निर्जल घिमिरे, रामकुमार भट्टराई, माधव त्रिपाठी, हरिप्रसाद थपलिया, भोला प्रसाद अधिकारी रहनुभएको छ ।

Received_1297047064025513

भेलामा संविधानसभा सदस्य शोभाकर पराजुली, पूर्व गाविस अध्यक्ष भोला अधिकारी, वडा नं २ का वडाध्यक्ष तीलक बहादुर श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष हिरा बहादुर गुरुङ, वडा नं ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे, कार्यपालिका सदस्य शोभा कार्की, वडा सदस्य धनबहादुर श्रेष्ठ, नेपाली काँग्रेसका नेताहरू हरि थपलिया, छवि शर्मा, सुशिल ढोडारी, सन्तोष कार्की, दीपक पण्डित, नेकपा एमालेका नेता ताराबहादुर कार्की, राप्रपाका नेता माधव त्रिपाठी, सिमरा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कासिम मियाँ, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, अभियन्ता विनोद सापकोटा, युवाहरू हरि चौधरी, नवीन बराल, विष्णु लामिछाने, अर्जुन लामिछाने, विजय बम्जन, दीपु भण्डारी, झम्क लामिछाने,  नेत्रबहादुर श्रेष्ठ, रामकुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु