२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा राइडर्सको प्रथम साधारण सभा सम्पन्नः साइकिलिङ प्रतियोगिताका लागि वडा १ ले डेढ लाख रुपियाँ छुट्यायो

२०७८ श्रावण १६, शनिबार मा प्रकाशित ( साल अघि) ६६७ पाठक संख्या

सिमरा, १६ साउनः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ ले राष्टियस्तरको साइकिलिङ प्रतियोगिताका लागि एकलाख पचास हजार रुपियाँ छुट्याएको बताएको छ । बारा राइडर्स सँघको प्रथम साधारणसभाको ऊद्घाटन कार्यक्रमलार्ई सम्बोधन गर्दै कार्यत्रमका प्रमुख अतिथि एवं वडा नं १ का वडाध्यक्ष हिराबहादुर गुरुङ्ले राष्टियस्तरको प्रतियोगिताका लागि उक्त रकम वडाले छुट्याएको बताउनुभएको हो । वडा नं १ ले आफ्नो वार्षिक योजनामा सिमरा रङगशालामा व्यायामशाला निर्माणका लागि करिव ८ लाख लाग्ने हुँदा उक्त रकमसमेत समावेश गरेको वडाध्यक्ष गुरुङ्ले जानकारी दिनुझयो ।

1627711699754

यसैवीच कार्यक्रममा वडा नं ३का वडाध्यक्ष एवं कार्यत्रमका विशिष्ट अतिथि जगन्नाथ घिमिरेले बारा राइडर्स सँघलाई ५ हजार १ सय ५१ रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी राइडर्स सँघलाई सङ्गालो साकोसका तर्फबाट लक्ष्मण अधिकारीले दुईवटा झोला प्रदान गर्नुभयो ।

1627712030345

बारा राइडर्स सँघ तदर्थ समितिका अध्यक्ष शेषराज अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सक्रको कार्यत्रममा होटल तथा पर्यटन व्यवसायी मोहन लामिछाने समाजसेवी राजन पौडेल, नवजनजागृति युवा क्लवका अध्यक्ष एवं जनप्रतिनिधि रामचन्द्र लामा, खेलप्रेमीहरू शम्भुिंसंह ठकुरी, सानु पटेल, यमनाथ ओझा, निराजन थापा, राजकुमार भट्टराई, रामेश्वर वास्कोटा, कृष्ण आचार्य, सन्तोष कार्की, धनन्जय थोकर, राजेन्द्र गिरी, अरुण चौधरी,प्रदिप घिसिङ, युवराज न्यौपाने, सुभाष न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राइडर्स शालिकराम अधिकाकरीले गर्नुभएको थियो ।

बारा राइडर्स अध्यक्षमा पुनः शेषराज सर्वसम्मत

बारा राइडर्स सँघको प्रथम साधारणसभाबाट शेषराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा यमनाथ ओझा, महासचिवमा निराजन थापा,सचिव शालिकराम अधिकारी, कोषाध्यक्ष रामेश्वर बास्कोटा, सदस्यहरूमा कृष्ण आचार्य, किशोर श्रेष्ठ, सुदीप रिमाल, राजदाश श्रेष्ठ, प्रदीप घिसिङ, लक्ष्मी रिमाल रहेका छन् । निर्वाचन समितिमा विदुर खड्का, श्याम सुवेदी र लक्ष्मण अधिकारी रहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु