२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा महिला सहकारीद्वारा क्यान्सर प्रभावित महिलालाई आर्थिक सहयोग

२०७८ भाद्र ९, बुधबार मा प्रकाशित ( साल अघि) १२४५ पाठक संख्या

सिमरा,९भदौः ऋण लगानी र वचत मात्र नभएर सामाजिक कार्य पनि गर्दै आइरहेको सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले आज यहाँकी एक क्यान्सर प्रभावित महिलालाई सहयोग गरेको छ ।

IMG_20210825_160002

सिमरा साकोसकी सेयर सदस्य समेत रहेकी बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३, बजनी निवासी ३० वर्षीया नीरकुमारी अधिकारीलाई संस्थाले उपचारखर्च स्वरूप ३१ ह्जार रुपियाँ नगद सहयोग गरेको हो । दुई महिनाअघिदेखि स्तन क्यान्सरका कारणले प्रभावित भएर उपचार गराइरहेको र आर्थिक अवस्था दयनीय भएका कारण उपचारमा मद्दत पुगोस् भनि उक्त रकम सहयोग गरेको संस्थाका अध्यक्ष अनिता लम्साल अधिकारीले बताउनुभयो ।
सहकारीमा आवद्ध ८ वटा समिति, समूहका सदस्य तथा सहकारीका पदाधिकारीहरूबाट उक्त रकम संकलन गरिएको र हस्तान्तरण गरिएको संस्थाका सचिव भिमादेवी पौडेलले बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा कार्य समितिका सदस्य सनम पौडेल, शान्ता गौतम, संस्थामा आवद्ध इन्दु ढोडारी, सरस्वती सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

1629886548179

 

संस्थाले आफ्नो उपचारका लागि यसरी घरमै आएर सहयोग गरेकोमा क्यान्सर प्रभावित नीरकुमारीले खुसी व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%६%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु