२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उपमहानगरको मूल गेटमा युवाहरूले फोहोर थुपारे, नगरले उठायो

२०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ( साल अघि) ५४७ पाठक संख्या

जीतपुर, १५ भदौः उपमहानगरको मूल गेटमा बजारको फोहोर थुपारिएपछि केही क्षण हल्ली चल्ली नै भयो । महिनौदेखि जितपुर र सिमरा बजारक्षेत्रको फोहोर उठ्न नसक्दा बजार दुर्गन्धित भएपछि यहाँका युवाहरूले उपमहानगरको मूल प्रवेशद्वारमा नै फोहोर थुपारेका हुन् ।

Received_536253800984784

नगर कार्यपालिका र नगर प्रमुखको ध्यान जाओस् भन्नको लागि मूल गेटमा नै लगेर फोहोर थुपार्न बाध्य भएको युवा अजीत खतिवडाले बताउनुभयो ।।

FB_IMG_1630388496618

यता नगर प्रमुख कृष्ण पौडेलले मूल गेटमै फोहोर थुपारिएपछि भने आफ्रनै सक्रियतामा गेटको फोहोर उठाएर दुधौरामा व्यवस्थापन गरेको जानकारी दिनुभयो । डम्पीङ साइडको अभाव देखाउँदै उपमहानगरले फोहोर उठाउन छाडेपछि टोल तथा बजार दुर्गन्धित बन्दै आएको छ । अझै पनि फोहोर व्यवस्थापनको लागि कुनै ठोस निर्णय हुन सकेको छैन । फोहोरका कारण बजारको मुहार नै कुरूप बन्दै गएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु