२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

इन्स महिला समितिद्वारा ‘तीज विषयक साँस्कृतिक बहस’ कार्यक्रमको आयोजना

२०७८ भाद्र २०, आईतबार मा प्रकाशित ( साल अघि) १४०० पाठक संख्या

 

काठमाडौं, २० भदौः अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले ’तीज विषयक साँस्कृतिक बहस’ कार्यक्रम आयोजना गरेको छ । शनिवार भर्चुअलरूपमा आयोजना गरिएको कार्यक्रममा वत्ताको रूपमा प्राडा विद्यनाथ कोइराला, प्राडा सावित्री मल्ल र उपप्राध्यापक ज्ञानु अधिकारी रहनु भएको थियो ।

Received_995065821290096

कार्यक्रममा प्राडा विद्यानाथ कोइरालाले तीजको छुट्टै शास्त्रीय तथा वैज्ञानिक महत्व रहेको धारणा राख्दै मानव शरीर र मनलाई उर्जा दिने अनेकौं साधनामध्ये एक माध्यम तीज पनि भएको कुराको विवेचना गर्नुभयो ।त्यसैगरी कार्यक्रममा साँस्कृतिकविद्समेत रहनुभएकी प्राडा सावित्री कक्षपतीले तीज हिन्दुहरूको मात्र नभएर समग्र नेपाली महिलाहरूको चाड हो भन्दै तीजका गीतले महिला सशक्तीकरण र सामाजिक रूपान्तरणको आवाज उठाउनुपर्ने कुरामा जोड दिनु भयो ।कार्यक्रममा अर्का वक्ता ज्ञानु अधिकारीले तमाम विकृतिहरूलाई हटाउँदै तीजलाई सांस्कृतिक पर्वको रूपमा मनाउनु पर्ने बताउनु भयो ।

Received_199012828888929

कार्यक्रममा रक्षा नेपालका छोरीहरूले तीज विशेष साँस्कृतिक गीत–नृत्य प्रस्तुत गरेका थिए भने सोम अनुराग बस्नेत, डा. महालक्ष्मी अधिकारी, नमिता दवाडी र बिन्दा पराजुलीलगायतले कविता तथा गजल वाचन गर्नु भएको थियो ।

Received_557195912073056

कार्यक्रमको सभाध्यक्ष तथा समितिका अध्यक्ष डा रेणुका सोलुले, यो पितृसत्तात्मक समाजमा पुरूषहरू महिलामैत्री हुनु भनेको मानवमैत्री हुनु हो त्यसैले महिला र पुरुषको समानताले माक्र समुन्नत समाज निर्माण हुने विचार व्यत्त गर्नुभयो । अध्यक्ष सोलुले कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यबाद ज्ञापनसमेत व्यक्त गर्नुभयो । रक्षा नेपालका छोरीहरूको साँंगीतिक प्रस्तुतिको उच्च प्रशंसा गर्दै उहाँले प्रोत्साहन स्वरूप बीस हजार रुपैंया सहयोग प्रदान गर्ने बताउनु भयो ।

Received_962216551006773

संसारभरबाट बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन समितिका महासचिव सुभद्रा भण्डारीले गर्नु भएको थियो भने सचिव लिली अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी इन्स भाषा साहित्य समिति अध्यक्ष डा जानुका नेपाल पौडेल र अन्तर्राष्ट्रिय समिति महिला उपाध्यक्ष नीतु खतिवडाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु