२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

सिमरा साहित्य समाजको रचना वाचन कार्यक्रम सम्पन्न

२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

सिमरा,२३ भदौः १ सय ५६ औँ मोति जयन्तीको अवसरमा सिमरा साहित्य समाज सिमरा बाराले  रचना वाचन कार्यक्रम   सम्पन्न गरेको छ ।

1631056240869

संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्ष्यतामा भएको कार्यक्रममा कविहरू रामप्रसाद अधिकारी, राघव उपाध्याय, कृष्ण अधिकारी, सीता अधिकारी, प्रदीप धनन्जय, रामप्रसाद पोख्रेल, राजु न्यौपानेले आफ्नो रचना वाचन गर्नुभएकाो थियो ।

1631056403817 (1)

कार्यक्रममा नारायणदत्त पौडेलले मोतिराम भट्टको जीवनीको चर्चा गर्नु भएको थियो । कार्यक्रममा मोतिराम भट्टको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा नव प्रतिभाहरू सिमरा पव्लिक अंग्रेजी स्कुल कक्षा १० मा अध्ययनरत छात्र गौरव रिमाल, कक्षा नौमा अध्ययनरत् छात्रा खुस्बु यादव, त्यसैगरी लोटस एकेडेमीमा कक्षा छ मा अध्ययनरत् स्नेहा यादव,निखिल साह, प्रिन्स पौडेल, निरञ्जन साह, प्रेम दास, कक्षा ५ की इच्छा अधिकारी, सक्षम घिमिरे लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

1631056269803

समाजका पूर्व सचिव रामप्रसाद पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका वर्तमान उपाध्यक्ष भोला अधिकारी, सदस्य सरु थापा लगायतको उपस्थिति रहेकाो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु