२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जगदम्बा घटनाको छानविन गर्न मन्त्रालयको टोली सिमरामा, राजनीतिक दलसँग छलफलः मजदुर तथा वातावरणको सुरक्षा महत्वपूर्ण

२०७८ भाद्र २६, शनिबार मा प्रकाशित ( साल अघि) ५६७ पाठक संख्या

सिमरा, २६ भदौः बाराको सिमरामा रहेका जगदम्बा स्टिलमा भदौ ११ गते भएको घटना छानविन गर्नको लागि आज सिमरामा छानविन टोलीले राजनीतिक दलसँग भेटघाट गरेको छ । गृहमन्त्री स्तरीय निर्णयले गठन भएको जगदम्बा स्टिलमा(२०७८/०५/११ गते) भएको घटना सम्बन्धमा गृह मन्त्रालयका सह सचिव टेकराज निरौलाको नेतृत्वको छानबिन समिति र राजनैतिक दलहरू बीच राखिएको छलफलमा सिमरामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

IMG 20210911 WA0002

छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले यो समितिको कार्यशर्त(त्इच्) उद्योगको मात्रै सुरक्षा केन्द्रित भएको देखिएकोले मजदुरको सुरक्षा , वातावरणको सुरक्षा , स्वास्थ्यको सुरक्षाको बिषयलाई केन्द्रमा राखेर उच्चस्तरीय कार्यदल बनाउने र त्यसबाट आउने निष्कर्ष कार्यन्वयन गर्ने, तत्कालीन बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईको रोहवरमा जगदम्बा स्टिलको तर्फबाट साहिल अग्रवाल र स्थानीय बासिन्दा बिच २०६९/१२/२१ गते भएको सहमतिलाई कार्यन्यन गर्ने, सहमति उलंघन भएको बिषयलाई सच्याउने, सिमसार क्षेत्र र सार्वजनिक जग्गा जमिन मिचेको कुरालाई सच्याउने/फिर्ता गराउने/ अर्थात पहिलेकै रूपमा फर्काउनु पर्ने त्यस्तै ठुला उद्योग(जगदम्बा) र बस्ती बीच बफर स्पेस(जमिन) त्यसपछि उद्योग , उद्योग भित्रै ओपन स्पेस, वृक्षारोपण , वाटर टिमेन्ट प्लान्ट बनाउन लगाउने प्रस्ताव अघि सारिएको नेपाली काँग्रेस जीतपुर सिमरा नगर सभापति श्यामबावु गुप्ता तथा माओवादी युवा नेता राजन पौडेलले बताउनुभयो ।
राजनीतिक दलका प्रतिनिधिहरूमा नेपाली काँग्रेसका हरि थपलिया, नेकपा एमालेका भोला अधिकारी,नेकपा एककिृत समाजवादीका कृष्ण खनाल, जनता समाजवादी पाटीका सोहन शर्मालगायत सरोकारवालाको उपस्थति रहेको थियो ।
त्यस्तै छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव टेकराज निरौला लगायत निम्न सदस्यहरूको उपस्थति रहेको थियो । हेनुहोस् ;

Received_342731624217863

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु