२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नन्दन र गणपति घ्यू उद्योगको प्रदुषण रोक्न माग गर्दै स्थानीय अनशनमा

२०७८ भाद्र २९, मंगलबार मा प्रकाशित ( साल अघि) ५४१ पाठक संख्या

सिमरा,२९भदौः नन्दन र गणपति घ्यू उद्योगले प्रदुषण नियन्त्रणको लागि कुनै चासो नदिएको भन्दै स्थानीयहरू अनशन बसेका छन् ।

1631633411007

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३,बजनीमा रहेको नन्दन घ्यू र गणपति घ्यू उद्योगले स्थानीयबासीसँग पटक पटक प्रदुषण नियन्त्रणको लागि सहमति गर्ने गरेको तर त्यसको कार्यान्वयन नगर्ने भन्दै स्थानीयवासी आक्रोसित बनेका हुन् ।

1631633441138

प्रदुषण नियन्त्रणको लागि सम्बन्धित कम्पनी, वडा, नगर, इलाका प्रशासनलगायतलाई पत्राचार गरेको स्थानीय जयकिशोर चौधरीले बताउनुभयो । यसैसम्बन्धमा स्थानीय समाजसेवी तथा युवा नेता शुशिल ढोडारी उद्योगले प्रदुषण नियन्त्रणको लागि कुनै पहल नगरेको, उद्योगले निस्कासन गरेको छाइ परेर बालक अस्पताल भर्ना गर्नुपरेको, स्थानीय विपन्न, बेरोजगार युवा जनशक्तिलाई रोजगारी नदिएको, स्थानीयको आँखा तथा स्वास्थ्य परीक्षण नगरेको, यसका सम्बन्धमा पटक पटक उद्योग सञ्चालकसँग वार्ता भएपनि कार्यान्वयन नभएपछि बाध्य भएर अनशन बसेको बताउनुहुन्छ । त्यसैगरी अनशनस्थलमै बसिरहेका अर्का स्थानीय कमला घिमिरे र पवित्रा भण्डारी कम्पनीले धुलो धुवाँ नियन्त्रण नभएसम्म र स्थानीय वेरोजगारलाई रोजगार नदिएसम्म कम्पनीका विरुद्घ आवाज उठाउने बताउनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु