२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बारामा स्क्र्याबल च्याम्पीयनसिपको आयोजना

२०७८ आश्विन ३, आईतबार मा प्रकाशित ( साल अघि) १३७३ पाठक संख्या

डुमरावाना, ३ असोजः स्क्र्याबल क्लब बाराले जिल्लास्तरीय स्त्र्याबल च्याम्पीयनसिपको आयोजना गरेको छ । राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन डुमरवानामा आयोजित च्याम्पीयनसीपको उद्घाटन एनप्याप्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।

1632036600043

च्याम्पीयनसीपमा १० वटा विद्यालयका २० जना छात्रछात्राले भाग लिएका थिए । सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्र्यावल खेल नेपालमा पहिलोचोटी सन् २०१५मा अंग्रेजी शब्दका लागि सुरुवात गरिएको र स्क्र्याबल खेल अहिले ४० वटा जिल्लामा खेलाउन थालिएको स्क्र्याबल क्लवका केन्द्रीय संयोजक केशवप्रसाद पराजुलीले बताउनुभयो ।

1632036500727

यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्दभण्डारको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने केन्द्रीय संयोजक पराजुलीको भनाइ थियो । स्क्र्यावल खेलको नेपाली रुपान्तरण नभइसकेपनि यो कोठेपद र शब्दजालजस्ता शब्द पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । नेपालमा यसको सूरुवात भएको ६ देखि ७ वर्ष मात्रै भएपनि नेपालमा आफैँले निर्माण गरिएको नेपाली र गणित विषयको स्क्र्वाबल पनि सञ्चालन गरिने गरिएको संयोजक पराजुलीले बताउनुभयो ।
त्यस्तै स्क्र्याबल क्लब बाराका संयोजक भोजराज सुवेदी पहिलोपटक बारा जिल्लामा च्यामपीयनसीप गराउन पाउँदा आफूलाई खुसी लागेको बताउनुहुन्छ ।

1632036529998

 

स्वयंसेवी रूपमै काम गर्नुपर्ने भएपनि सिकाइका हिसावले यस खेलप्रति विद्यालय, शिक्षक, अभिभाावक तथा विद्यार्थीको आकर्षण भएको शिक्षक सुवेदीको भनाइ छ ।
। राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन डुमरवानाका प्राचार्य सागर ठाडामगरको अध्यक्षतामा भएको कार्यक्रममा । राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदनका सहसंयोजक श्यामप्रसाद भट्टराई लगायतले मन्तव्य राख्नुझएको थियो । कार्यक्रममा राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन डुमरवानाका अध्यक्ष बिदुर खड्का, धनुषा स्त्र्याबल क्लवका सन्तोषकुमार साह, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

1632036622098

1632036639498

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु