२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको त्रिबेणी स्पेनिङ्ग मिल संञ्चालनमा आएपछि मजदुरहरूमा खुसीयाली

२०७८ आश्विन ६, बुधबार मा प्रकाशित ( साल अघि) १४१९ पाठक संख्या

विदुर खड्का, ६ असोजः लामो विवादपछि बाराको त्रिबेणीस्पेनिङ्ग मिल सुरक्षाकर्मी र प्रशासनको सहयोगमा संञ्चालनमा आएको छ । संञ्चालनमा आएपछि त्यसमा काम गर्ने मजदुरहरूमा खुसीयाली छाएको छ ।

1632323152657

मंगलबारदेखि संञ्चालनमा आएको कंम्पनीमा केही असंन्तुष्ट पक्षहरूले नाराबाजी गरे पनि प्रहरी र प्रशासनको सहयोगमा कंम्पनी संञ्चालन भएको होे ।मजदुर र व्यवस्थापन पक्षबीच गत साउन मैहिनादेखि बिभिन्न मागबिच अन्तरबिरोधका कारण बन्द रहेको मिल संञ्चालनमा आएको हो ।हिन्दुहरूको महान चाड नजिकिँदै गएको र दसैको जोहो टार्न चिन्तित रहेका मजदुरहरूको पहलमा कंम्पनी संञ्चालनमा आएपछि देैनिकी सरल हुने मजदुर पक्षधर प्रेम सिहको भनाई छ ।
१४ सय महिला सहित नेपाली कामदार रहेको त्रिबेणी कंम्पनीले मजदुर र ब्यवस्थापनबिच सहकार्य गरेर बाँकि मागहरू आगामी दिनमा पूरा गर्ने सिहको दाबी छ ।
तर यता कंम्पनि प्रशासनलाई हमला गरेको भन्दै ज्यान मार्ने उद्योगका आरोपित १४ जना मजदुरतर्फका प्रभास यादबले भने आफूहरूको माग जायज रहेको र झुठा आरोप लगाई कंम्पनीका केही आसेपासेहरूले आर्थिक चलखेलमा बन्द रहेको कंम्पनी संञ्चालन गरेको आरोप लगाएका छन । केही मजदुर नेता र कंम्पनि प्रशासन बिच हालपात भएर कंम्पनिका कर्मचारिलाई मजदुरले घाईते भएपछि केही महिनाअघि कंम्पनिले दोषीहरुमाथि कारबाही चलाएको थियो ।बिगतमा बिभिन्न युनियनका नेताहरुले पटक पटक छलफल र वार्ता गरेपनि कंम्पनिले दोषी ठहर गरेको १४ जना नमानेपछि १४ सय मजदुर बेरोजगार बनेका थिए ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु