२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

खेल र मनोरञ्जनका नाममा अतिक्रमित हुँदै वन क्षेत्र

२०७८ आश्विन ११, सोमबार मा प्रकाशित ( साल अघि) ७२६ पाठक संख्या

बिदुर खडका,
सिमरा, ११ असोजः हिन्दुहरूको महान चाड दशैँ नजिकिँदै गर्दा बनसँग जोडिएका वातावरण र पर्यावरण क्षेत्र भने चपेटामा पर्दै जान थालेका छन् ।

1632758983031

बाराको वन सिमानासंँग जोडिएको उत्तरी क्षेत्रमा बिभिन्न समूहले बन अतिक्रमण गरि बनाईएको फुटबल मैदान तथा धार्मिक स्थलको नामले बनाईएको मठ मंन्दिर पार्कमा मनोरंञ्जनको लागि बन सिमाना अतिक्रमण भएकोप्रति सचेत नागरिकहरूमा चिन्ता छाएको हो ।
जितपुर सिमरा उपमहानगरपालिकामा रहेको मुसरनीमाईदेखि भीमेश्वर वन समुहसंम्म एउटै वडाको वनसमितिभित्र ५ वटा फुटबल खेल मैदान रहेका छन । वन सीमाना र आरक्षसँग जोडिएको जीतपुर सिमरा नगर क्षेत्रको १, २, ४, १४, १५, १६ र १८नंम्बर वडामासमेत धार्मिक स्थलको नाममा बन सीमा क्षेत्र भित्र खेल मैदान,पाकर्, मठ,मंन्दिर बनाएको प्रति चिन्ता छाएको हो ।
बन क्षेत्रनजिक होहल्ला र बाताबरणमा दखल पारेमा बन र निकुन्जले सर्बसाधारणलाई कारबाही चलाएको धेरै उदारण भएपनि यस संम्बन्धमा भने संम्बन्धित निकाय मौन देखिन्छ ।
समाजकै लागि बन तथा वातारण भएपनि बाध्यता कारण बन अतिक्रमण भएको छ , यसप्रति सुधार ल्याउन जरुरी रहेको पर्सा राष्टिय निकुन्ज अंन्तरगत जनहित बन उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्टको स्वीकारोक्ति छ ।यता वन अतिक्रमण भएको क्षेत्र राधाकृष्ण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सत्य श्रेष्ठ भने अतिक्रमण क्षेत्रमा वृक्षारोपण गरी वडाभरि एकमात्र फुटबल मैदान बनाउन पहल गर्ने बताउनुहुन्छ ।

1632758816287

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु