२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा बजारको अनुगमनमा ६ पसललाई जरिवाना

२०७८ आश्विन १८, सोमबार मा प्रकाशित ( साल अघि) ८१० पाठक संख्या

सिमरा, १८ असोजः म्याद गुज्रिएका खाद्यान्नको विक्रि वितरण गरेको पाइएको भन्दै आज सिमराबजारको अनुगमन गरिएको छ ।म्याद गुज्रिएको खानेकुरा खुलेआम किनवेच भैरहेको छ भन्न्ने गुनासो र सूचना आएपछि उपभोक्ता हित संरक्षण मञ्च सिमरा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय, इलाका प्रशासन कार्यलय सिमरा, इलाका प्रहरी कार्यलय र सञ्चारकर्मीसमेतको सहभागितामा बजार अनुगमन भएको हो ।
सिमराका ६ पसललाई जरिवाना
म्याद गुज्रिएका खाद्यान्न मात्र नभएर संस्था वा व्यवसाय नविकरण गरेको , व्यवसाय सञ्चालनका लागि अनुमति लिइएका कुराहरू मात्र सञ्चालन गर्नु  अनुसन्धान गरिएको थियो । मिति नटाँसिएका, मूल्य नतोकिएका सामग्रीहरू नस्ट गरिएका थिए ।सूर्यटोवाको छेउदेखि सिमरा बजारका केही पसलहरूमा अनुगमन गर्दा अखाद्य वस्तु भेटिएको थियो ।

1633362596511

अनुगमन गरिएका प्रत्येक पसललाई न्यूनतम पाँच हजारका दरले जरिवाना समेत गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय, पर्साका नायव सुव्वा एवं सूचना अधिकारी दीलिप खङ् खत्वेले जानकारी दिनुभयो ।
अनुगमनको सुइँकोले सटर बन्द
बजार अनुगमनको टोली आउँदैछ भन्ने सुइँको पाएर कतिपय व्यवसायीले सटर बन्द गरेको उपभोता हित संरक्षण मञ्च सिमराका अध्यक्ष कमला अधिकारीले बताउनुभयो ।टोलीमा इलाका प्रशासन कार्यलयका नासु सादी अन्सारी, इलाका प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक ( सई) विनोद अधिकारी, प्रहरी जवान किशोर साह, आएपछि उपभोक्ता हित संरक्षण मञ्च सिमराका अध्यक्ष कमला अधिकारी, सदस्य मञ्जु वानिया लगायतको सहभागिता रहेको थियो ।

यता उद्योग वाणिज्य सँघका पदाधिकारीहरूले भने दशैँको मुखमा अनुगमनको नाममा व्यसायीहरूलाई दण्ड जरिवाना गरिनु दुखद भएको जनाए पनि नियम र कानुनभन्दा माथि कोही नहुने र उपभोक्ताको स्वास्थयमा खेलवाड गर्न नहुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय, पर्साका नायव सुव्वा खत्वेले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु