२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हातेमालो साकोसको चौधौं बार्षिक साधारण सभा सम्पन्न

२०७८ आश्विन २१, बिहिबार मा प्रकाशित ( साल अघि) ७३९ पाठक संख्या

सिमरा, २१ असोजः । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको चौधौं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

1633610064175

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संविधान सभा सदस्य शोभाकर पराजुली, प्रदेश सभा सदस्य शोभा लामा तथा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलको बिषेश उपस्थिति रहेको थियो । ३ हजार ६ सय ८० शेयर सदस्य रहेको हातेमालो सहकारीले यस वर्ष २ करोड ५७ लाख ५४ हजार मुनाफा आर्जन गरेको संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले बताउनुभयो ।

1633610040019

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक हरिओम पटेल, बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुर, सानाकिसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटि अध्यक्ष भोला प्रसाद अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राई, सिमरा खानेपानीकाक रमेश कुमार पौडेल, राप्रपा नेपालका प्रतिनिधि रुपलाल चौधरी, जीतपरसिमरा नगर उद्योग वाणिज्य सँघका का. वा अध्यक्ष मोहन शर्मा, राष्ट्रिय सहकारी वैकका सुरेश लागे, घण्टीमाइ साकोसका उपाध्यक्ष थानेश्वर पाध्य , सिमरा महिला साकोसका कोषाध्यक्ष गीता शर्मा, नेपाल पत्रकार महासँघका अध्यक्ष रेशम तिवारीलगायतको उपस्थिति रहेको थियो ।
हातेमालो साकोसका सञ्चालक समिति सचिव सञ्जयकुमार साहले सहजिकरण गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शिवप्रसाद शर्मा वाग्लेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । सामुहिक रुपमा पानसमा बत्ति बालेर साधारणसभाको उद्धघाटन गरीएको थियो । कार्यक्रममा विशेष अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएकाो थियो ।

1633610119010

1633610140516

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु