२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पाँच दलीय गठबन्धन सरकारमा बाराबाट तीन मन्त्रीः वरियताक्रममा मन्त्री चौधरी अगाडि नेपाली

२०७८ आश्विन २२, शुक्रबार मा प्रकाशित ( साल अघि) १०४२ पाठक संख्या

नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन सरकारमा बाराबाट तीन जनाले मन्त्रीमण्डलमा प्रतिनिधित्व गरेका छन् ।बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरी यस पटक सरकारको नौ नंम्बर बरियतामा खानेपानी मन्त्री बन्नुभएको छ ।काग्रेसको ‘तेस्रो धार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्नुभएको हो ।

1633532376789

बारा क्षेत्र नम्वर एकबाट प्रतिनिधि सभा सदस्य हुनुभएका चौधरी बाराका मात्र नभएर देशकै लोकप्रिय नेता हुनुहुन्छ । नेपाल विद्यार्थी सँघको राजनीतिबाट राजनीतिमा सक्रीय रहेका चौधरी त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसको उपसभापति समेत बन्नुभएको थियो । मधेशबाट नै पहिलोपटक उपसभापति भन्नुभएका चौधरी गिरिजा प्रसाद कोईराला, बिजयकुमार गच्छादार, खुमबहादुर खड्का लगाएतका नेपाली काँग्रेसका वरिष्ठ नेताहरुको नजरमा सक्रिय नेताको रुपमा परिचित रहनुभएको थियो । नेविसघपछि तरुण दलको केन्द्रिय सदस्य हुदै ३२ बर्षकै कलिलो उमेरमा बारा क्षेत्र नम्वर १ बाट २०५६सालमा प्रत्यक्ष ससदमा लडेर भारी मतले चौधरी बिजय हुनुभएको थियो । पहिलो पटक साँसद हुँदा नै कृषि राज्यमन्त्री बन्नुभएका चौधरीले आफ्नो पालामा कृषिमा केहि नया आयम थप्ने काम गर्नुभएको थियो । साथै नीजगढको लाल बकैयाको तटबन्धन, खानेपानी समस्या समधानमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थिये । २०५६मा कृषि राज्यमन्त्रि हुदै २०६४मा प्रत्यक्ष प्रतिनिधि सभामा निर्वाचित हुनुभएका चौधरी स्वास्थ्य मन्त्रि बन्नुभएको थियो। स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेखनीय योगदान पुर्याउनुभएका चौधरीले देशभरी उपस्वास्थ्य चौकी निर्माण, महिला स्वयमसेबिकालाई भत्ता, स्वास्थ्य बिमालगायत ठूला हस्पिटल निर्माणमा,पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गरि सरकारी बिद्यालयमा पढने बिद्यार्थीलाई एमवीवीयस पढने कोटाको ब्यवस्थासमेत गराउनु भएको थियो ।दोस्रो पुस्ताको लोकप्रिय छबिका नेताको रुपमा परिचय बनाएका चौधरी नेपाली काग्रेसको केन्द्रिय सदस्यमा ३पटक निर्वाचित भैसक्नु भएको छ। हाल२०७४सालमा समेत भारि मतले बिजय भएका चौधरी देशभरिका युवाहरुको बिच लोकप्रिय हुनुहुन्छ। निडर र स्वस्छ छबि बनाएका चौधरी मधेशमा काग्रेसलाई टिकाई राख्न कोसेढुङ्गाको रुपमा स्थापित हुनुहुन्छ ।

बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य जनता समाजवादी पार्टी (जसपा)का महासचिब रामसहाय यादव वन तथा वातावरण मन्त्री

FB_IMG_1633697144267

त्यसैगरी बाराको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रामसहाय यादव वन तथा वातावरण मन्त्री बन्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा)का महासचिब समेत रहनुभएका यादव बाराको निर्वाचन क्षेत्र नं. १ हाल सिम्रौनगढ नगरपालिका वडा नं. ९ साविक कर्चोवा ८ निवासी यादव शिक्षण पेशा छाडेर राजनीतिमा होमिनुभएको हो । संबिधान सभा सदस्यसमेत रहनुभएका यादव पहिलोपटक २० औ नम्बरमा मन्त्री बन्नुभएको छ । बाराको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका यादव भारी मतले विजयी हुनुभएको थियो । मधेशी जनअधिकार फोरमको स्थापनाकालदेखि नै मधेस आन्दोलनमा लाग्नु भएका यादव सालिन तथा बौद्धिक नेताको रुपमा समेत चिनिनुहुन्छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ (किसान)

1633697974848

त्यस्तै नेकपा एकिकृत समाजवादीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ (किसान) चयन हुनुभएको छ । तनहुबाट प्रतिनिधि सभामा बिजयी श्रेष्ठ एमाले फुटपछि नेकपा एकिकृत समाजवादीमा आउनुभएको हो । व्यवसायिक हिसावले श्रेष्ठको हालको बसाई बारा क्षेत्र नं. ४ सिमरा बारा हो । स्थायी घर तनहु भएपनि क्लासिक प्लाजा होटल सिमरा, ग्यास उद्योग लगायत विभिन्न क्षेत्रमा बारामा लगानी गर्नुभएका श्रेष्ठ २१औ नब्बरमा मन्त्री बन्नुभएको छ । पछिल्लो समय श्रेष्ठले सिमरालाई नै आफ्नो कर्मक्षेत्र बनाउँदै आइरहनुभएको छ । व्यवसायी तथा युवाका माझ लोकप्रिय नेताका रुपमा श्रेष्ठ चिनिनु हुन्छ ।
को को मन्त्री बने हेर्नुहोस् तलः

1633698100282

1633698080674

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु