२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

इन्सद्वारा नेपाली चाडपर्वमाथि विमर्श तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिँदै

२०७८ आश्विन २३, शनिबार मा प्रकाशित ( साल अघि) १३७७ पाठक संख्या

काठमाडौँ,२२ असोजः विजया दशमी, दिपावली, छठ, साकेलाजस्ता ठूला चाडपर्व नजिकिँदै आइरहेको बेला अन्तराष्ट्रिय नेपाली समाज (इन्स)ले आउँदो आइतबार नेपाली चाडपर्वमाथि विमर्श तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

1633734160504

कार्यक्रममा हाम्रा नेपाली चाडपर्वहरूको साँस्कृतिक महत्व के छ ? चाडवर्पहरू समयानुकूल छन् ?, बहुसाँस्कृतिक समाजमा विविध चाडपर्वहरूका वीच समन्वयको आधार के हुन सक्छ, चाडपर्वका नाममा हुने विकृतिलाई कसरी निर्मूल गर्न सकिन्छ ? जस्ता विषयवस्तुमा आधारित रहेर विमर्श गरिने संस्थाका महासचिव अर्जुन श्रीले जानकारी दिनुभयो ।
कार्यक्रम यही असोज २४ गते आइतबार साँझ ५ बजे नेपाली समयअनुसार अनलाइनमार्फत हुनेछ । कार्यक्रममा प्राडा श्रीरामप्रसाद उपाध्याय, प्राडा चन्द्रेश्वर मिश्र, प्राडा विणा पौडेल, डा. कैलाश राई र फरमुद मिया वक्ताका रूपमा रहनुभएको छ । कार्यक्रममा रचना वाचन तथा नृत्यसमेतको प्रस्तुति रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु