२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

क्यान्सर पीडितलाई बारा समाज जापानद्वारा रु.२० हजार सहयोग

२०७८ कार्तिक २, मंगलबार मा प्रकाशित ( साल अघि) ११८७ पाठक संख्या

विदुर खड्का
डुमरवाना, २ कात्तिकः क्यान्सर रोगबाट पीडित यहाँकी एक महिलालाई बारा समाज जापानले उपचार खर्च सहयोग गरेको छ । आज एक कार्यक्रमकावीच बारा समाज जापानले क्यानसर रोगको उपचार गराईरहेकी सरिता अधिकारीलाई उपचार खर्च रकम सहयोग गरेको हो । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १४ निवासी अधिकारी भरतपुर अस्पतालमा बिगत एक बर्षदेखि उपचार गराइरहनुभएको छ ।
समाज बाराका कोषाध्यक्ष मनोज अधिकारीकाअनुसार क्यान्सर रोग पीडित सरितालाई युवा समाजसेवी राजु अधिकारीमार्फत बिरामीका परिवार चन्द्रिका पंन्थलाई नगद २० रुपियाँ हजार सहयोग गरिएको छ ।

1634625164348

विगतमा पनि बारा समाज जापानले क्यान्सर पीडितहरूलाई सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि समाजले नेपालको बिकास निर्माणमासमेत सहयोग गरिने योजना रहेको बारा समाज जापानका कोषाध्यक्ष अधिकारीको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु