२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जिल्लाकै नमुना सहकारी सिमरा महिला साकोसको १४ औँ वार्षिक सभा सम्पन्न

२०७८ कार्तिक १३, शनिबार मा प्रकाशित ( साल अघि) ७१६ पाठक संख्या

सिमरा, कातिक १३ः जिल्लाकै नमुना सहकारीको रूपमा स्थापित सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । यही कातिक ५ गतेबाट सुरु भएको वार्षिक साधारण सभा आज समापन भएको हो ।
समापन कार्यक्रमको उद्घाटन प्रदेश २ का प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकर्माले गर्नु भयो ।

1635599056191

कार्यक्रममा प्रदेशसभा सदस्यहरू क्रमशः शोभा लामा र सीता गुरुङ जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे,
कार्यपालिका सदस्य शोभा कार्की, जनप्रतिनिधि चिनमिाया परियार, नेपाल पत्रकार महासघका अध्यक्ष रेशम तिवारी, साकोसका संस्थापक अध्यक्ष पुण्यवति कँडेल, जनकल्याण वचत तथा ऋण सहकारीका अध्यक्ष मधुशुदन सिटौला, हातेमालो साकोसका सचिव दीपक भट्ट, मुसर्नीमाइ मध्यवर्ती वन समूहका इन्दु ढोडारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अनिता लम्सालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

1635605937688

त्यस्तै संस्थाका कोषाध्यक्ष गीता शर्माले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक सरस्वती गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समू, उत्कृष्ट व्यवसायीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मी शारदा पोख्रेल, संस्थाका कर्मचारी रञ्जना गिरी, प्रदेश सभासदस्य सीता गुरु», जीतपुर सिमरा उपमहानगर कार्यालय, उपमहानगरको वडा नं १, २ र ४ को कार्यलय, वडा नं ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे, सामाजिक अभियन्ता विनोद सापकोटा, जनहित उपभोक्ता समिति, राधाकृष्ण वन समूह, जनजागरण वन समूह लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मुना खरेलको स्वागत मन्तव्य रहेको थियो भने संस्थाका सचिव भिमादेवी शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु