२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

घर भाडालगायतको सुविधा माग गर्दै हिमादी फुड्सका मजदुरहरु आन्दोलित

२०७८ कार्तिक १५, सोमबार मा प्रकाशित ( साल अघि) ४५० पाठक संख्या

बिदुर खडका
सिमरा,१५ कातिकः घर भाडा, यातयात सुबिधा, शैक्षिक सुबिधा लगायतका माग राखी हिमादी फुड्समा मजदुरहरुले हडताल गरेका छन् । बाराको जीतपुर सिमरा उपमहनगरपालिकामा रहेको हिमादी फुडस प्रालिमा नेकपा एमाले निकट समग्र ट्रेड युनियनका मजदुरहरुले बिभिन्न माग राखी हडताल गरेका हुन् ।
कंम्पनीमा रहेका ३१ जना स्थायी मजदुरहरुले घर भाडा, यातयात सुबिधा, शैक्षिक सुबिधा लगायतका माग राखी हडताल गरेको मजदुर कमला भट बताउनुहुन्छ ।
गतबर्ष देखिको माग हालसंम्म पूरा नभएका कारण दीपावलीको संघारमा आएर हडताल गर्न आफूहरुको रहर नभै बाध्यता रहेको मजदुरहरुको भनाइ छ ।
तर यता कंम्पनी संञ्चालक हारुन रोसिद भने कंम्पनी घाटामा गईरहेको बेला मजदुरहरुको माग पूरा र्गन नसकिने प्रतिक्रिया दिनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु