२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी पुरुषतर्फ सोलुखुम्बुका सुमन र महिलातर्फ धादिङका रसिला तामाङलाई

२०७८ कार्तिक २७, शनिबार मा प्रकाशित ( साल अघि) ४७८ पाठक संख्या

सिन्धुपाल्चोक,२७ कातिकः पर्यटन प्रवर्द्धनका लागि खेलकुद भन्ने मूल नाराका साथ भएको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङले हात पारेका छन् । प्रदेशमा साहसिक तथा पर्यटकीय खेलकुदला राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याइ नेपाली खेलाडी हरुले बिदेशी खेलाडीहरु संगको प्रतिस्पर्धामा बिजयी बनाउन र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिब सूर्यलाल भन्डारीले बताउनुभयो

 

Received_1246538549186095

चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका हुन् । उपाधीसंगै उनले नगद ५० हजार प्राप्त गरेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा शनिबार सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै प्रथम स्थान हासिल गरेको हो । दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।
महिला तर्फ धादिङका रसिला तामाङ पहिलो भइन । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन । उपाधी संगै उनले नगद रु ५० हजार प्राप्त गरेकी छिन् । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पुरा गर्दै दोश्रो स्थान प्राप्त गरिन । त्श्रोे, चौँथो र पाँचौ स्थान क्रमश प्युठानका संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारे ।
त्यस्तै सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन एसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाउनु भएको थियो ।
जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीमा अन्त्य भएको २१ किलोमिटरको हाफ म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरी बाट सुरु भएको हो । प्रदेश खेलकुद बिकास परिषद्ले गतबर्ष यसै ठाउँमा पाँच पोखरी देखी मेलम्ची सम्म ४६ किलोमीटरको अल्ट्राम्याराथन र्ट्याकको साइन्टिफिक अध्ययन गरेको र त्यसलाइ बिश्वमा प्रचलनमा रहेका प्रमुख ४ भाषाहरु अङ्ग्रेजी, चाइनिज, फ्रेन्च र स्पेनीस भाषामा समेत तयार गरि उक्त ठाउँलाई अन्तर्राष्ट्रियकरण गर्न लागिएको समेत सदस्य सचिव भण्डारीले बताउनुभयो । पुरुष तथा महिला म्याराथन विजेताहरुले क्रमश पचास हजार, तीस हजार, बीस हजार, दश हजारका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । जिल्लाकै गौरब बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासि लामाले बताए । म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन गर्ने खेलकुद परिषदले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु