२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेस जीतपुरसिमरा नगर सभापतिमा शर्मा र गुप्ताको उम्मेदवारी घोषणा

२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित ( साल अघि) १७२५ पाठक संख्या

सीता अधिकारी,
सिमरा, ३ मसिंरः नेपाली काँग्रेस बाराको वडा अधिवेशन सम्पन्न भएसँगै जीतपुरसिमरा उपमहानगरपालिकामा दुई अलग अलग समूहले नगरसभापतिको उम्मेदवारसहितको कार्यसमिति घोषणा गरेका छन् ।

1637336753117

हिजो बिहीबार नगर सभापतिमा छविलाल शर्माले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको थियो । उहाँले ‘अग्रजको आर्शिवाद र युवाको साथ’ भन्ने नारा सहित उपसभापतिमा खेदुप्रसाद कलवार र तेजनारायण चौधरी, सचिवमा यज्ञ तिवारी र सुनिल सिँहलगायतको प्यानल घोषणा गर्नुभएको छ ।
घोषणा सभामा संविधान सभाका सभाषद शोभाकर पराजुली, मेयरका प्रत्यासी कृष्णव्रत सिंह, उपमेयरका प्रत्यासी निरु रायमाझी, महाधिवेशन प्रतिनिधि नारयण पण्डित, क्षेत्रीय प्रतिनिध एवं व्यवसायी इच्छाबहादुर वाग्ले, युवा नेता टिका पौडेल, गंगा वाग्ले, सुमन भटराई विद्यार्थी नेता नवराज त्रिपाठीलगायतको उपस्थिति रहेको थियो

FB_IMG_1637334430745

त्यस्तै आज शुक्रबार अर्का समूहले नगर सभापतिमा पुनः श्यामबाबु गुप्ताको उम्मेदवारी घोषणा गरेको छ । वहालवाला सभापति रहनुभएका गुप्ताले नगर सभापतिमा पुनः आफूलाई उभ्याउन लाग्नुभएको हो । उहाँको समूहको उपसभापतिमा सुमित्रा चौधरी र समी अख्तर अनसारी, सचिवमा राजु पौडेल र रमेश घिमिरे लगायतको प्यानल रहेको छ । उक्त समूहको घोषणा सभामा पूर्वसांसद मधु शाही ठकुरी, प्रदेश सभासदस्य शोभा लामा, प्रदेश सभा प्रत्यासी ओम कार्की, महिला नेतृ राधा साह, वजर»्गी साह, जनप्रतिनिधि हिरा गुरुग, रसुल मिया, रामचन्द्र लामा, विभिन्न वडा सभापतिहरु, विद्यार्थी नेतृ मेघा शाही, रिता रिजाललगायतको उपस्थिति रहेको थियो ।

FB_IMG_1637336938406

दुवै समूहले विजयका लागि आआफ्नै दावी गरेकोले चुनाव कडा प्रतिस्पर्धा र रोचक हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु