२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अनेसासद्वारा “मखमली कमल महिला गीत–सङ्गीत पुरस्कार २०७८“ एवम् ’नवरत्न पुरस्कार२०७७“ अर्पण

२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित ( साल अघि) ७३८ पाठक संख्या

 

काठमााडौँ, ३ मसिंरः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आज “मखमली कमल महिला गीत सङ्गित पुरस्कार २०७८“र “नवरत्न पुरस्कार २०७८“ विभिन्न क्षेत्रका व्यक्तित्वलाई प्रदान गरेको छ । कार्यक्रममा सङ्गीतकार शकुन्तला प्रधानलाई नगद रू.२५हजार र ताम्रपत्रसहित मखमली कमल महिला गीत–सङ्गीत पुरस्कार २०७८ प्रदान गरिएको हो भने अनेसासले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ सदस्यता प्रदान गर्नुका साथै ताम्रप्रत्रसहित सम्मान अर्पण गरेको छ ।

1637338977591

त्यसैगरी अनेसासले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षता रहेको कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिओटी अध्यक्ष गीता खत्री, सल्लाहाकार प्रा.डा.खगेन्द्र प्रसाद लुइँटेल, समाजसेवी मखमली खड्का, कमल खड्का, बिमला राई, अनेसास सचिव बिमला निरौला, अनेसास पुरस्कार समिती सदस्य दिपा राई पुन , अनेसास सदस्य डा. रेणुका सोलु, माया गुरुङ, समाजसेवी बिजय गुरुङ , अनेसास नवरत्न पुरस्कार छनौंट समितिका संयोजक लीला लुइँटेल लगायत नेपाल च्याप्टरका पदाधिकारी एवम् सदस्य साथै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मीको समेत उपस्थिती रहेको थियो ।
पुनः समर्पण
केही समय अगाडि नै यो कार्यक्रम जुम प्रविधिमार्फत आयोजना गरिएको भएपनि हाल अनेसास बोर्ड अफ ट्रष्टिज अध्यक्ष गीता खत्री लगायत अनेसास केन्द्रका पदाधिकारीसमेत नेपाल आउनुभएको अवसर पारेर नेपालमा रहनुभएका अनेसास नवरत्न पुरस्कारबाट पुरस्कृत एवम सम्मानित व्यक्तित्वहरूलाई प्रत्यक्ष रूपमा पुनः सम्मान समर्पण गरिएको हो ।

1637338989679

समितिले साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल ’नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ । यसैगरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गरेको थियो ।
पुरस्कार प्रायोजन
मखमली कमल पुरस्कार प्रायोजनमा गीता खत्रीको योगदान रहेको छ

 

1637339006165

 

भने नवरत्न पुरस्कार प्रायोजनमा पदम विश्वकर्मा, राम लामा अविनाशी, ज्योति पौडेल, जानुका ढकाल, ज्योति राई, पद्मा लिंखा मगर, रेणु शर्मा दिपा राई पुन र विमला निरौलाको सहयोग रहेको छ ।
नवरत्न पुरस्कार समितिका संयोजक शान्ता घिमिरे रहेको यस पुरस्कार सन २०१४ मा अनेसासका तत्कालीन अध्यक्ष गीता खत्रीको परिकल्पना साथै पहलमा स्थापना भएको हो । प्रत्येक दुईवर्षमा दिइने यो पुरस्कारको राशी नगद दुई सय अमेरिकी डलर र सम्मान–प्रत्र रहेको छ ।
स्वागत तथा सञ्चालन
अनेसास नेपाल च्याप्टरका सदस्य मधु पाठकले कार्यक्रममा स्वागत  मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन अनेसासका केन्द्रीय सदस्य डा.रेणुका सोलुले गर्नुभएको थियो ।

1637339279575

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु