२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारामा बक्सिंग सँघको स्थापना, आत्मरक्षा र जीवनका लागि बक्सिंग महत्वपूर्ण

२०७८ मंसिर ४, शनिबार मा प्रकाशित ( साल अघि) ४७३ पाठक संख्या

सीता अधिकारी
सिमरा, ४ मसिंरः आत्मरक्षा र जीवन सहज रुपमा जिउन बक्सिंग खेल आजको आवश्यकता भएको बारा बक्सिंग सँघका अध्यक्ष करणसिंह ठकुरीले व्यक्त गर्नुभएको छ । बक्सिंग्का बारे जानकारी दिन आज बाराको सिमरास्थित होटल प्याराडाइजमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ठकुरीले आजको सन्दर्भमा बक्सिंग खेल महत्वपूर्ण भएको कुरा बताउनुभएको हो । बारा जिल्लामा पहिलोपटक बक्सिंग सँघ स्थापना भएको र बक्सिंग रियल गेम भएको, यसले आत्मरक्षा गर्ने,व्यक्तिको हौसला बढाउने, अनुशासन सिकाउने, व्यक्तिगत आत्मविश्वास बढाउने खेल भएको बताउँदै ठकुरीले दुर्व्यसनमा परि सुधारकेन्द्रमा रहेका युवा वर्गलाई खेलप्रति उत्प्रेरणा जगाउने र उनीहरुलाई आत्म निर्भर गराउने योजना रहेको बताउनुभयो ।

1637384360355

साथै ८ वर्षदेखि माथिका विद्यालय र कलेज स्तरका बालबालिका तथा विद्यार्थीलाई बक्सिंग खेल सिकाइ बारा जिल्लालाई वक्सि खेलको हवका रुपमा पनि चिनाउने योजना रहेको सँघका अध्यक्ष करण सिँह ठकुरीले जानकारी दिनुभयो । पत्रकार सम्मेलन कार्यक्रमको सुरुवात सचिव सन्तोष धितालले गर्नुभएको थियो ।
कार्यसमिति घोषणा
बारा बक्सिंग सँघको कार्यसमिति समेत घोषणा भएको छ । समितिको अध्यक्ष्मा करणसिंह ठकुरी, उपाध्यक्षमा मुन्नुसिंह ठकुरी, सचिव सन्तोष धिताल,सहसचिव उज्जवलसिंह ठकुरी, कोषाध्यक्षमा निशा लामा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, सुजिता मानन्धर, प्रिती श्रेष्ठ, अमनसिंह ठकुरी, रोहन तामांग र अमृत क्षेत्री रहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु