सीता अधिकारी
सिमरा,८ मंसिरः बारा जिल्लाको उत्कृष्ट सहकारी सिमरा महिला बचत तथा ऋण सहकारी संस्था सिमराले किशोरीहरुका लागि एक हप्ते आत्मरक्षा तालिम दिन लागेको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला सहकारीका सेयर सदस्यका किशोरी छोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिन लागिएको संस्थाका अध्यक्ष अनिता लम्सालले बताउनुभयो ।
तालिम यही मंसिर १२ गते आइतबारबाट हुने बताइएको छ । तालिमबाट ४० जना किशोरी लाभान्वित हुनेछन् । अहिलेको सन्दर्भमा किशोरीहरुले विविध प्रकारका हिंसाबाट आफू जोगिन पनि आत्मरक्षा तालिम आवश्यक भएको बताएका छन् । तालिम नेपाल तेक्वान्दो सँघ प्रदेश कमिटिकी सदस्य एवं अन्तराष्ट्रिय खेलाडी यानकुमारी चौलागाईँले दिनुहुनेछ ।