२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

तीन महिनाभित्र सेजमा विद्युतीकरणको काम सक्ने सेजप्रमुख भट्टको भनाइ

२०७८ मंसिर १३, सोमबार मा प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

सीता अधिकारी,
सिमरा, १२ मंसिर : अबको तीन महिनामा विशेष आर्थिक क्षेत्र सेज भित्र विद्युतीकरणको काम सम्पन्न गरिसक्ने बताइएको छ ।

1638177259826

विशेष आर्थिक क्षेत्र सेजका कार्यकारी प्रमुख चण्डिका भट्टले सेजभित्र विद्युतीकरणको कार्य भैरहेकोले अबको तीन महिनाभित्र सम्पन्न गरिसकिने बताउनुभयो । यहाँका केही राजनीतिज्ञ, व्यवसायी, सञ्चारकर्मी र स्थानीयसँगको भेटमा भएको छोटो कुराकानीमा प्रमुख भट्टले सबै क्षेत्रको सल्लाह र सहयोगले छिटै सञ्चालनमा आउने पनि बताउनुभयो ।

1638085432392

कार्यक्रममा संविधानसभा सदस्य शोभाकर पराजुलीले राष्ट्रिय लक्ष्यलाई हेरेर उद्योग सञ्चालन गर्न आग्रह गर्नुभयो । यसैगरी जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले सेज छिटोभन्दा छिटो सञ्चालन गर्न र सेजभित्र उद्योगमैत्र िवातावरण वनाउन आग्रह समेत गनुृभयो । उहाँले उद्योगभित्र वृक्षारोपण गर्ने, फूलहरू रोपेर सौन्दयीकरणतर्फ लाग्न पनि प्रमुख भट्टसँग आग्रह गर्नुभयो । उहाँले यसो गर्दा आन्तरिक र वाह्य पर्यटकलाई पनि आकर्षण गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा सञ्चारकर्मी विदुर खड्का तथा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४ औराहाका स्थानीय कमल पौडेलले स्थानीय वासिन्दाको समस्या र मुद्धालाई सम्बोधन गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रमा वडा नं ४ का वडाध्यक्ष ईश्वर के सी, इञ्जिनियर माधव चौधरी, टिका पौडेललगायतको सहभागिता रहेकाो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु