२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

किशोरी आत्मरक्षा तालिमको समापन

२०७८ मंसिर १८, शनिबार मा प्रकाशित ( साल अघि) ७६४ पाठक संख्या

सीता अधिकारी
सिमरा,१८मंसिरः बारा जिल्लाको उत्कृष्ट सहकारी सिमरा महिला बचत तथा ऋण सहकारी संस्था सिमराले किशोरीहरुका लागि सञ्चालन गरेको आत्मरक्षा तालिमको आज समापन गरिएको छ ।


महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नै महिला सहकारीका सेयर सदस्यका किशोरी छोरीहरुलाई आत्मरक्षासम्बन्धी एक हप्ते तालिम सञ्चालन गरिएको हो । तालिममा ४० जना किशोरीहरु सहभागी भएका थिए। जसमा १५ वर्षदेखि २० वर्षभित्रका किशोरीहरु रहेका थिए ।

तालिमबाट आफ्नो आत्मविश्वास बढेको, हिंसाको विरुद्ध बोल्ने साहस पलाएको, अहिलेको सन्दर्भमा किशोरीहरुले विविध प्रकारका हिंसाबाट आफू जोगिन पनि आत्मरक्षा तालिमले सिकाएको बताएका छन् । तालिममा नेपाल तेक्वान्दो सँघ प्रदेश २ का सदस्य एवं अन्तराष्ट्रिय खेलाडी यानकुमारी चौलागाईँले सहजीकरण गर्नुभएको थियो ।

तालिमको समापनमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएक् थियो । तालिमका प्रशिक्षक यानकुमारी चौलागाईलाई संस्थाका तर्फबाट प्रशंसापत्र प्रदान गरिुएको थियो ।

सिमरा महिला साकोसका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष मुना खरेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारीहरु भीमादेवी शर्मा, सनम पौडेल, शोभा खतिवडा, अम्विका पौडेल, लिलादेवी श्रेष्ठ, निर्मला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु