२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमराको लोटस एकेडेमीलगायत बाराका पाँचवटा विद्यालयमा सैन्य तालिमको सुरुवात

२०७८ मंसिर १९, आईतबार मा प्रकाशित ( साल अघि) १६४९ पाठक संख्या

सीता अधिकारी
सिमरा,१९ मंसिरः राष्ट्रिय सेवा दलले सिमराको लोटस एकेडेमीलगायत आजबाट बारा जिल्लाका पाँचवटा विद्यालयमा एनसीसी जुनियर डिभिजन (सैन्य तालिम )संस्थागत तालिमको सुरुवात गरेको छ । युवा वर्गलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास साथै विपदका बेला उद्धार तथा राहतको कार्यमा स्वयं सेवकको भूमिका निर्वाह गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले सो तालिम सञ्चालन गरिएको ब्रम्हपुरी व्यारेक, ज्वालादल गणका सेनानी राजिव ढुंगानाले जानकारी दिनुभयो ।


बारा जिल्लाको दुर्गा नमुना मावि कलैया, होलिगार्डेन पथलैया, लोटस एकेडेमी सिमरा, नेपाल राष्ट्रिय मावि कलैया, होली एञ्जल नीजगढमा एनसीसी जुनियर डिभिजन संस्थागत तालिम सुरुवात भएको हो । यो तालिम संस्थागत ३५ दिनको हुने र १६ दिन क्लोज क्याम्प हुनेछ । यो ३५ दिनमा विद्यार्थीहरुलाई सामान्य सैनिक ज्ञान, म्याप रिडिङ्, एफ सी ड्रिल, खुकुरी ड्रिल,तेक्वान्दो, एरोविक, नृत्यकला सिकाइने बताइएको छ ।
संस्थागत तालिममा ४० पूर्णाकंको इण्डिभिजुअल परीक्षा चल्नेछ । तालिमकै दौरानमा क्याडेट छात्रछात्रालाई एक सय ग्राम जेरी र ५ सय एमएल दुधको व्यवस्था गराइनेछ । क्याम्पको समयमा पासिङ आउट र ६० पूर्णांकको सबै विधाको परीक्षा लिइन् ेबताइएको छ ।
यो कार्यक्रम ७७ वटै जिल्लामा सुरु भएको छ । जुनियर डिभिजन अन्तरगत विद्यालयका ८, ९, १० का विद्यार्थीहरु सहभागी भएका छन् । प्रत्येक विद्यालयबाट १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनाको सहभागिता रहेको छ ।
लोटस एकेडेमी सिमरामा भएको कार्यक्रममा प्रदेश नं २ का प्रदेश सभा सदस्य सीता गुरुगं, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वतिदेवी चौधरी, नगर शिक्षा प्रमुख शिवजी प्रसाद, वडा नं २ का वडासदस्य एवं जनप्रतिनिधि धनबहादुर श्रेष्ठ, विद्यालयका प्रिन्सिपल रामप्रसाद अधिकारी, भाइस प्रिन्सिपल चन्द्रबहादुर लिम्बु, एनसिसिका विद्यालय संयोजक सुभास अधिकारी, शिक्षक रामप्रसाद पोख्रेल, प्रहरी निरीक्षक लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%९%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु