२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बडहर्वामा रहेको सर्वशुलभ साकोसको बाह्रौँ वार्षिक सभा सम्पन्न

२०७८ मंसिर २५, शनिबार मा प्रकाशित ( साल अघि) ९९३ पाठक संख्या

सीता अधिकारी
बडहर्वा, २४ मंसिरः बाराको जीतपुरसिमरा उपमहानगरपालिका, वडा नं १८स्थित बडहर्वामा रहेको सर्वशुलभ वचत तथा ऋण सहकारी संस्थाले आफ्नो बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
1639185726783

३ सय ६८ जना महिला र ५ सय ६४ पुरुष गरी जम्मा ९ सय ३२ शेयर सदस्य रहेको संसथाको शेयर पूँजि ९१ लाख ९२ हजार ८ सय रुपियाँ रहेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रामजानकी आधारभूत विद्यालयका १ कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने विपन्न तथा जेहेन्दार दश जना छात्रछात्रालाई शैक्षिक सामग्री समेत वितरण गरेको छ ।

1639185560799

यसैगरी संस्थामा निरन्तर वचत गरी उत्कृष्ट वचतकर्ताका रुपमा डकाहाका दुर्गावहादुर राना मगर, सखुइका राजवंशी यादव, जैतापुरका आशारानी लमिनी, त्यस्तै कारोवार गर्ने उत्कृष्ट शेयर सदस्यहरु वडहर्वाका गणेशप्रसाद सापकोटा, भोडहाका नेशा खातुनलाई समेत संस्थाले पुरस्कृत गरेको थियो ।
संस्थामा रहेर उत्कृष्ट कार्य गरेवापत संस्थाका कर्मचारी सुनिता चौधरीलाई सम्मान पत्र दिइएको थियो ।
1639185581558

त्यस्तै नम्रता प्रेसका सञ्चालक नवराज न्यौपानेलाई पनि संस्थाले सम्मान गरेको थियो ।
1639185601979
संस्थाका अध्यक्ष हुतराज ढुंगानाको सभाध्यक्षतामा भएको कार्यक्रममा बारा जिल्ल वचत तथा ऋण सहकारी संघ कलैयाका अध्यक्ष सतेन्द्रप्रसाद ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष अर्जुन दाहाल, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ पर्साका अध्यक्ष वृजेश गुप्ता, राष्ट्रिय सहकारी बैक सिमराका प्रमुख सुरेश लागे, संस्थाका सल्लाहकार संयोजक ध्रुव सिग्देल, सल्लाहकार विनिल प्रसाद अधिकारी, नर्मदा अधिकारी, भागवतप्रसाद यादवको उपस्थिति रहेको थियो । त्यसैगरी साना किसान कृषि सहकारी संस्था मनहर्वाका अध्यक्ष फूलकुमारी वस्नेत, रामजानकी आधारभूत विद्यालय सखुइका प्धानाधयापक श्रीकान्त श्रीवास्तव, पूर्व मालपोत अधिकृत पुन्य जोशी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मिशन एकेडेमीका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कृष्ण बुढाथोकीले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु