२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ग्रासरुट फुटबलको सेमिफाईनल समीकरण पूरा

२०७८ मंसिर २८, मंगलबार मा प्रकाशित ( साल अघि) ५३० पाठक संख्या

सिमरा,२८ मंसिरः न्यूु एकता ईङ्लीस स्कुल सिमरालाई पराजित गर्दै राष्ट्रिय विभुती शिक्षा सदन स्कुल डुमरवाना अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
265202232_4541413705954897_4578687786283116724_n (14)
यससँगै ग्रासरुट फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ ।
मंगलबार सिमरा रंगशालामा भएको अन्तिम क्वाटरफाईनलमा राष्ट्रिय विभुतीले न्यु एकतालाई ३–० ले हरायो । विभुतीलाई जिताउन नविन चौधरीले दुई गोल गरे । अर्को एक गोल श्याम चौधरीको नाममा रह्यो ।
खेलको ३१ औँ मिनेटमा श्याम चौधरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४५ मिनेटमा नविनले गोल गर्दै अग्रता दोब्बर पारे । अन्तिम समयसम्म गोलका लागि संघर्ष गरेको एकताले अवसर बनाउन नसक्दा ७० मिनेटमा थप एक गोल खान पुग्यो । नविन चौधरीले ब्यक्तीगत दोस्रो गोल गर्दै टिमलाई ३–० को शानदार जित दिलाए । नविननै मंगलबारको खेलको म्यान अफ द म्याच बने ।
265202236_1264937613931869_8678693645021279842_n (6)
प्रतियोगिता अन्तर्गत बुधबारदेखी सेमीफाईनलका खेलहरु सुरु हुनेछन् । पहिलो सेमिफाईनलमा बुधबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्ज खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु