२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको सबैभन्दा पुरानो विद्यालय फकिरा गिरीमा वि व्य स गठन

२०७८ मंसिर २९, बुधबार मा प्रकाशित ( साल अघि) ७६४ पाठक संख्या

जीतपुर, २९ मंसिरः बारा जिल्लाको जीतपुर सिमराको सबैभन्दा पुरानो विदालय फकिरा गिरी राजेश्वर गिरी मा वि जीतपुरमा आज विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन भएको छ ।
1639582627035

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐनको परिच्छेद ५ अनुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हो । यस ऐनअनुसार संवन्धित वडाको वडाध्यक्ष नै समितिको अध्यक्ष चुनिएका हुन भने अन्य सदस्यहरु अभिभावक भेलाबाट चयन गरिएको हो ।

1639582648328
नयाँ कार्यसमितिका अध्यक्षमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबाबु गुप्ता अध्यक्ष रहनुभएको छ । सदस्यहरुमा मुरारीबाबु पुरी, ज्ञानी पासवान र मनोज पासवान चयन हुनुभएको छ । यसैगरी अन्य सदस्य भने समितिको पहिलो बैठकले मनोनित गर्नेछ ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामबाबु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा प्रमुख शिवजीप्रसादको प्रमुख आतिथ्यता रहेको थियो ।
1639582674493
कार्यक्रममा जनप्रतिनिधि दुर्गा रिजाल, नेपाली काँग्रेस नगर उपसभाापति खेदु कलवार, वडा ७ का सभापति राजेश गिरी, नेकपा एमालेका प्रतिनिधि सुनिल गुप्ता, उद्योग वाणिज्य सँघका प्रतिनिधि शिवजी सोनार, समाजसेवी मुन्नी पाठक, नारी शक्ति विकाास मञ्चकी अध्यक्ष आशा दाहाल, विद्यालय व्यवस्थापन समितिकाा पूर्व अध्यक्ष अमर यादव, समाजसेवी अफ्ताव आलम, सीता उप्रेति, हरपुर माविका प्रधानाध्यापक प्रदिप गुप्ता लगायत शिक्षासेवी, व्यवसायी, अभिभावाक, शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।विद्यालयका शिक्षकहरु, अभिभावकहरु लगायतका व्यत्तिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयको शैक्षिक तथा आर्थिक गतिविधिका वारेमा विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शिक्षक सीता अधिकारीको स्वागत तथा शिक्षक धनञ्जय गौतमको सञ्चालन रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु