२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जनहित अध्यक्षमा चौथोकार्यकालका लागि पनि अमृत नै विजयी

२०७८ पौष २, शुक्रबार मा प्रकाशित ( साल अघि) ४८० पाठक संख्या

सिमरा, २ पुसः पर्सा राष्ट्रिय निकुञ्ज अर्न्तगतको जनहित उपभोक्ता समितिको अध्यक्ष पदमा भएको निर्वाचनमा चौथो कार्यकालका लागि पुनः अमृतलाल श्रेष्ठ बिजयी भएका छन् ।
1639717638998

विहिवार साँझ भएको निर्वाचन प्रकियामा हरियाली पुरुष वचत समूहका मधुसुधन सिटौला र जागृत वचत समूहका श्रेष्ठविच भएको प्रतिष्पर्धामा श्रेष्ठ बिजयी भएका हुन् ।

त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा ताराबहादुर कार्की,सचिवमा पेशल कुमार मुल्मी र कोषाध्यक्षमा मिठु लामा रहेका छन् । सदस्यहरुमा डिल्ली बहादुर थापा,गंगा कार्की,बिष्णु प्रसाद अर्याल पदम बहादुर बस्नेत, शर्मिला तमाङ, शोभा लामा, मधुसुधन सिटौला, फईजुल्हक अन्सारी र नलिन्द्र थापा रहेका छन् । नयाँ कार्यसमितिको कार्यकाल अगामी ५ वर्ष रहनेछ । पर्सा राष्ट्रिय निकुञ्जका सहायक वन संरक्षण अधिकृत सन्तोषकुमार भगतको नेतृत्वमा निकुञ्जका कर्मचारी र सुरक्षा घेराविच निर्वाचन सम्पन्न भएको हो । जनहित उपभोक्ता समितिको निर्वाचन पुर्व मध्यवर्ती क्षेत्रभित्र रहेका ४ ओटा सामुदायिक वनका ९ ओटा इकाईवाट ९ जना र मनोनितमा ३ जना गरी १३ जना छनोट भएका थिए ।
मध्यवर्ती क्षेत्रको जीतपुरसिमरा उपमहानगर अर्न्तगत मात्रै ४ ओटा वन समुह २७ सय घरधुरी र ४ हजार ५ सय सदस्य रहेका छन् । बारामा अम्लेश्वर र जनहित गरी २ ओटा उपभोक्ता समिति निकुञ्ज अर्न्तगत रहेको छ । विहिवार साँझ भएको निर्वाचनमा राधाकृष्ण,मुसहर्नीमाई,जनजागरण र भिमेश्वर सामुदायिक वनका अध्यक्षहरु सहभागी भएका थिए भने राधाकृष्ण सामुदायिक वनका पुर्व अध्यक्ष तथा जेष्ठ नागरिक चोला बहादुर पण्डितको अध्यक्षतामा सो निर्वाचन सम्पन्न भएको थियो ।

जनहित उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष अमृतलाल श्रेष्ठले बारा जिल्लालाई पर्यटकीय हवको रुपमा अगाडि बढाउन सक्दो प्रयास गर्ने बताएका छन् । श्रेष्ठले २ दशकदेखि पर्या पर्यटन प्रवद्धन,वन जंगल संरक्षणमा काम गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु