२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नगरले खोला नखुलाएको भन्दै ट्रयाक्टर व्यवसायी आन्दोलित

२०७८ पौष ३, शनिबार मा प्रकाशित ( साल अघि) ४८४ पाठक संख्या

बिदुर खडका
सीमरा, ३ पुसः जीतपुरसिमरा उपमहानगरपालिकाले समयमा खोला नखुलाएर सास्ति दिएको भनि वडा नं १६ महेन्द्रनगर पिलुवाका ट्रयाक्टर ब्याबसायीहरु आक्रोसित बनेका छन ।
खोला नखुल्दा टेकटरमा आश्रीत मजदुर तथा टेक्टर ब्याबसाईहरु मारमा परेको भनि नगरलाई चेतावनि स्वरुप पसाहा खोलामा १५वटा टेक्टर लगेर प्रदर्शन गरेको ब्याबसायी उपेन्द्र श्रेष्ठको भनाइ छ ।
भदौ महिनामा खुल्न पर्ने खोलाहरु बिगत ५ मैनादेखि नगरको लापरबाहिका कारण यस क्षेत्रको बालगंगा,दुधौरा,पसाहखोला नखुल्दा भौतिक निर्माणमा असर परेको छ । अरु क्षेत्रमा खोला खुलिसकेको छ , नगरलाई ब्याबसाईहरुले बारंम्बार अनुरोध गरदा समेत सुनुवाई नभएको श्रेष्ट बताउछन ।
तर यता यस क्षेत्रका टेक्टर ब्याबसाईहरुले रातको समय गैर कानुनि रुपमा खोलाबाट नदीजन्य पदार्थ निकालि प्रसोधन केन्द्र र क्रसर उद्योगलाई सप्लाईगरेको आरोपमा प्रशासनले केहि टेक्टरलाई कारबाहि समेत गरेको छ ।
यस क्षेत्रका बालुवा प्रसोधन केन्द्रहरु कसरि नियमितचलेको छ त भन्ने जिज्ञासामा निजगढ क्षेत्रबाट सामानल्याएर प्रसोधन केन्द्रहर चलेको श्रेष्टले को दाबि छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु