२०८१ आश्विन २७, आईतबार
नयाँ
पछिला अपडेट

नेका सहमहामन्त्री एवं खानेपानीमन्त्री चौधरी बारामा

२०७८ पौष १७, शनिबार मा प्रकाशित ( साल अघि) ९४० पाठक संख्या

सिमरा, १७ पुसः नेपाली काँग्रेसको सहमहामन्त्री एवं खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी गृहजिल्ला बारा आइपुग्नुभएको छ । स्वागतका लागि सिमराको होटल इच्छामा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै जिल्ला अधिवेशनमा सहमति र सहकार्य गरेर अघि बढ्ने कुरा व्यक्त गर्नुभयो ।

1641037159772

 

उहाँले आफू मन्त्री बनेदेखि नै पार्टीको अधिवेशन मा नै केन्द्रित हुनु परेकोले मन्त्रालयको काम कारवाही सोचे अनुरुप हुन नसकेको बताउनुभयो । आफूले मन्त्री बनेपछि किसुनजीको सपना मेलम्ची खानेपानी आयोजनालाई बाढीले क्षति पुर्याएर अवरुद्ध बनाएकोले त्यसको पुननिर्माण गरी अस्थाई रुपमै भएपनि आफ्नै कार्यकालमा काठमाडौँका जनतालाई पानी पुर्याउने प्रतिवद्धता समेत गर्नुभयो । त्यस्तै कानुनी अवरोधका कारण रोकिएका ४ सय वटा ओभरहेड ट्यांकी निर्माण गरी खानेपानीको सहज वितरण गर्ने दावी गर्नुभयो । कार्यक्रममा जिल्लाका चारै क्षेत्रका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु