२०८१ कार्तिक २१, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा काँग्रेस नेता गुप्ताद्धारा न्यानो कपडा बितरण

२०७८ पौष १७, शनिबार मा प्रकाशित ( साल अघि) ९८४ पाठक संख्या

सिमरा, १७ पौष ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका बृद्ध तथा मुसहर बस्तीमा न्यानो कपडा बितरण गरिएको छ । नेपाली काँगेसका महासमिति सदस्य तथा नगरका संस्थापक सभापति श्यामबाबु गुप्ताले न्यानो अभियान अन्तर्गत शितलहरबाट जोगाउन प्रभावितलाई न्यानो कपडा बितरण गर्नुभएको हो ।

1641039303642

नेता गुप्ताले उपमहानगरको लामीडाँडाका करिब ४० घरपरिवारलाई न्यानो अभियान अन्तर्गत टोपी, ज्याकेट, ओड्ने लगाएतका समाग्री बितरण गर्नुभएको हो ।

1641039303651

त्यसैगरी उहाँले बाराको पथलैयास्थित बृद्धआश्रममा रहेका वृद्धवृद्धालाई न्यानो सिरक बिरतण गर्नुभएको छ । गुप्ताले हरेक बर्ष तराईमा शितलहरसंगै न्यानो कपडा बितरणलाई अभियानको रुपमा संचालन गर्दै आउनुभएको छ।
यसअघि उहाँले नगरको अमलेखगंज, नीजगढ, लालरतनपुरी, सिमरा, लगाएतको स्थानमा अति बिपन्न परिवार र वृद्धवृद्धालाई न्यानो कपडा सम्मान स्वरुप बितरण गर्नुभएको थियो ।
नेपाली काँग्रेस बारा जिल्लाको युवा नेताको रुपमा स्थापित गुप्ता यसअभियान बाहेक पनि बिभिन्न सामाजिक उत्तरदायित्वको कामहरुमा सक्रीय हुँदै आउनुभएको छ ।
अभियान अन्तर्गतको जीपुरसिमरा १८ स्थित बिरेन्द्रनगरको मुसहरबस्तीमा आयोजित एक कार्यर्क्रममा उपमहानगरपालिका १५ का काँग्रेस वडा सभापति ओमराज पाण्डे, बारा क्षेत्र नम्बर ३का काँग्रेसका क्षेत्रिय सचिव लगायतका स्थानीय तथा जनप्रतिनिधि र काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यता बाराको पथलैयामा आयोजित कार्यक्रममा वडा नम्वर १ का सभापति रामबहादुर अधिकारी, काँग्रेस नेता प्रदीप धनन्जय लगायतको उपस्थिती रहेको थियो । दुवै कार्यक्रममा नेता गुप्ताले बिपन्न र असहायको अनुहारमा खुशी ल्याउन आफुले सक्ने योगदानलाई अभियानका रुपमा संचालन गरेको बताउनुभयो ।
उपमहानगरले लक्ष्यित वर्ग तथा असहाय वृद्धवृद्धाका निम्त्ति कुनैपनि राहतका कार्यक्रम ल्याउने नगरेको प्रति दुख ब्यत्त गर्दै स्थानीय सरकारको भूमिका कमजोर भएकोले बलियो हुन आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले यो न्यानो अभियान नगरका अन्य स्थानहरुमा आयोजना गर्ने समेत जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु